Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गरेका छन्। बंगलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले दुई देशबीच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। चिनियाँ दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बंगलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रको औपचारिक उद्घाटनसमेत गरिएको थियो। ‘इतिहासले भविष्यलाई उज्यालो बनाउँछ’ भन्ने नारासहित आयोजित कार्यक्रममा दुवै देशका प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, परराष्ट्र मामिला विज्ञ तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राजनीतिक दलबीचको संवाद, अनुभव आदानप्रदान तथा शासन सञ्चालनसम्बन्धी अध्ययन र सहकार्यलाई संस्थागत बनाउने विषयमा जोड दिइएको थियो। नयाँ अध्ययन केन्द्रलाई चीन र बंगलादेशबीच राजनीतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। हाइछिङ पाकिस्तानको भ्रमण सकेर बंगलादेश जानू भएको हो । पाकिस्तान र बंगलादेशले आपसी सम्बन्ध बलियो बनाउन विशेष अध्ययन संयन्त्र बनाउने सहमति समेत गरेकाछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण
Latest NewsJust now

कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले धरानमा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धरान शाखामार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकलाई डस्टबिन वितरण गरेको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको ...

केन्द्रबिन्दु
जिल्ला समन्वय समिति महासङ्घ अध्यक्षमा बुुढाथोकी
Latest NewsJust now

जिल्ला समन्वय समिति महासङ्घ अध्यक्षमा बुुढाथोकी

नगेन्द्र सापकोटाकाठमाडौँ, कात्तिक २० गते । जिल्ला समन्वय समिति महासङ्घ नेपालको अध्यक्षमा जिल्ला समन्वय समिति (जिसस) काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित हुुनुुभएको... ...

गोरखापत्र
सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा भूमि प्रशासन सर्लाहीका नासु अख्यिारको नियत्रणमा
Latest NewsJust now

सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा भूमि प्रशासन सर्लाहीका नासु अख्यिारको नियत्रणमा

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मलंगवा सर्लाहीका नायव सुब्बा निर्मल तिमलसिनालाई १ लाख घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। • तिमलसिनाले मोही कायम भएका जग्गाहरू नामसारी गराउने कार्यका लागि सेवाग्राहीसँग घुस लिएको आरोप छ। • उनलाई विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
ज्ञान संस्कार वार्षिक खेलकुद महोत्सव सम्पन्न
Latest NewsJust now

ज्ञान संस्कार वार्षिक खेलकुद महोत्सव सम्पन्न

काठमाडौं । ज्ञान संस्कार इन्टरनेशनल स्कुलको वार्षिक खेलकुद महोत्सव (स्पोर्टस् डे) भव्यरुपमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको सामाखुशीस्थित ज्ञान संस्कारको प्रांगणमा साता दिनसम्म चलेको स्पोर्ट्स डे सम्पन्न भएको हो । सहभागी खेलाडीलाई प्रमुख अतिथि महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा र विद्यालयकी प्रधानाध्यापक निलम बानिया बडूले एक कार्यक्रमबीच पुरस्कृत र सम्मान गरेका थिए । २०७९ सालमा काठमाडौँ उपत्यकाको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play