Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज मनाइँदै

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ । यस बर्ष अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको नारा ‘शान्ति र मानव अधिकारका लागि एकजुट: सबैका लागि सुरक्षित आवास’ भन्ने नारासहित मनाइदैछ । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ। गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ। नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ । नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन । नेपालमा राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७९-०८० मा गरेको नेपाल जीवनस्तर सर्वेक्षण अनुसार अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको छ । विश्वमा करिब ४४ प्रतिशत मानिस गरिवीको रेखामुनी रहेका छन् । The post अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?
ताजा खबरJust now

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?

साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै... ...

रातोपाटी
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
ताजा खबरJust now

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन ...

केन्द्रबिन्दु
क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
ताजा खबरJust now

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । विश्वकप लिग–२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता ...

कर्पोरट खबर
मौलिकता खोज्दै हिँडेको दसैँ
ताजा खबरJust now

मौलिकता खोज्दै हिँडेको दसैँ

समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु भनेको केवल पात्रोमा रातो अक्षरले लेखिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play