Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
Photo / Coverage: पर्दाफास

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्। मन्त्रालयले डा. केसीले राखेका मागहरूप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनसनरत पक्षलाई आह्वान गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’
OthersJust now

विश्वप्रकाश शर्माले भने- ‘सरकारकै नियन्त्रणमा रहेका व्यक्तिको बयानबाट कांग्रेसलाई बदनाम गर्न खोजियो’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारकै नियन्त्रणमा रहेका व्यक्तिबाट रेकर्ड गराइएका भनिएका सामग्री किस्ताबन्दीमा सार्वजनिक गरिनुले तिनको विश्वसनीयतामाथि प्रश्न उठाएको बताएका हुन् । सरकारको नियन्त्रणमा रहेको व्यक्तिले के बोल्ने र कति बोल्ने ...

पर्दाफास
लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने
OthersJust now

लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने

१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो… ...

अनलाइन खबर
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो
OthersJust now

सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो

गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play