Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अनरको एक्स सिरिजअन्तर्गत अनर एक्स९ई एस सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनरको एक्स सिरिजअन्तर्गत अनर एक्स९ई एस सार्वजनिक
Photo / Coverage: टेक्नोलोजी खबर

अनरको एक्स सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन अनर एक्स९ई एस आधिकारिक रूपमा सार्वजनिक भएको छ। ८ जीबी र्‍याम र २५६ जीबी क्षमता भएको यो फोनको सुरुवाती मूल्य १ हजार ४९९ साउदी रियाल (४०० अमेरिकी डलर) तोकिएको छ। यो स्मार्टफोन हेर्दा पहिले सार्वजनिक भएको जस्तै देखिन सक्छ। यसको कारण अनर एक्स९ई एस गत अगस्टमा सार्वजनिक भएको अनर टर्बोको नामकरण गरिएको संस्करण हो। यो स्मार्टफोन दवान ओरेन्ज, मिडनाइट ब्ल्याक र ग्लेसियर ह्वाइट गरी तीन रङमा उपलब्ध रहेको छ। स्मार्टफोनमा ६.७९ इन्चको एमोलेड डिस्प्ले रहेको छ। यसमा क्वालकमको स्न्यापड्रागन ६ जेन ४ प्राेसेसर प्रयोग गरिएको छ। फोटो खिच्नका लागि फोनको पछिल्लो भागमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स राखिएको छ। टेलिग्राफका अनुसार, सफ्टवेयरतर्फ स्मार्टफोनमा एन्ड्रोइड १६ मा आधारित म्याजिक ओएस १० रहेको छ। यसमा ८ हजार ५६० मिलियम्प आवोर क्षमताको ब्याट्री रहेको छ जसले ८० वाटको चार्जिङलाई समर्थन गर्छ। The post अनरको एक्स सिरिजअन्तर्गत अनर एक्स९ई एस सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TechnologyJust now

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ। कम्पनीका अनुसार फोटोन टिएम१ ...

टेक्नोलोजी खबर
नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन
TechnologyJust now

नेपाल राष्ट्र बैंकको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न, २७ कम्पनीका प्रविधि प्रदर्शन

नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ सम्पन्न भएको छ। प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन तथा फिनटेक क्षेत्रमा भइरहेका नवीनतम आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो। काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धनलाई राष्ट्र ...

टेक्नोलोजी खबर
‘मेरोस्ट्रिम’ ओटीटी सञ्चालनमा : अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने
TechnologyJust now

‘मेरोस्ट्रिम’ ओटीटी सञ्चालनमा : अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने

काठमाडौं । नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ । नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गएपनि नेपाली सामाग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ ...

आइसिटी समाचार
ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा
TechnologyJust now

ई-जीपी प्रणालीमा छिरेर ठेक्काका फाइल हेरफेर गरेको आरोप, तीन जना प्रहरीको फन्दामा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्कासम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आइतबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससँग सम्बन्धित कागजातमा अनधिकृत रूपमा परिवर्तन गरेको आरोप ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play