Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रा .ली को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्। दक्षिण एसियाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अतिफ अस्लमका ‘ताजदार-ए-हरम’, ‘तेरे बिन’, ‘दिल दियाँ गल्लाँ’ लगायतका लोकप्रिय गीतले उनलाई विश्वभरका संगीतप्रेमीमाझ परिचित बनाएका छन्। उनको लाइभ प्रस्तुति हेर्न नेपाल लगायत भारत तथा अन्य दक्षिण एसियाली देशबाट दर्शकहरू सहभागी हुने अपेक्षा गरिएको छ। डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको छ। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्। खल्तीका चिफ अपरेटिंग अफिसर पुष्पराज न्यौपानेले भने“नेपालमा संगीत र मनोरञ्जनसम्बन्धी कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको छ, अतिफ अस्लमजस्ता लोकप्रिय कलाकारको कन्सर्टसँग डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौँ। यस सहकार्यबाट दर्शकलाई टिकट खरिदको सहज डिजिटल अनुभव तथा पारदर्शिता प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रका कार्यक्रमहरूमा डिजिटल सेवाको प्रयोगलाई थप विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।” खल्ती बाइ आइएमईले डिजिटल भुक्तानीलाई दैनिक जीवनका विभिन्न आवश्यकता तथा गतिविधिसँग जोड्दै मनोरञ्जन, पर्यटन, यात्रा र अन्य क्षेत्रका सेवाहरूलाई आफ्नो प्लेटफर्ममार्फत विस्तार गर्दै आएको छ। अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ सँगको यस सहकार्यले दर्शकलाई सहज डिजिटल टिकटिङ सुविधा उपलब्ध गराउनुका साथै नेपालमा मनोरञ्जन क्षेत्रको डिजिटल रूपान्तरणलाई थप प्रोत्साहन गर्ने कम्पनीले अपेक्षा गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा
Latest NewsJust now

मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा

काठमाडाैँ। मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन... ...

रातोपाटी
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै
Latest NewsJust now

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ। यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उक्त संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएसँगै शुक्रबार मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो। शिक्षक, विद्यार्थी र समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाउँदै आएका गुनासोहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि ...

नेपालन्युज
पुटिनका विशेष दूत ह्वाइट हाउसमा, रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पको संकेत !
Latest NewsJust now

पुटिनका विशेष दूत ह्वाइट हाउसमा, रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पको संकेत !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन् । उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गरेका छन् । बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न […] ...

लोकपथ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
Latest NewsJust now

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयको नियमित पत्रकारकार सम्मेलनमा शुक्रबार प्रवक्त हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जानकारी दिए । ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play