Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अडानी बिच्किएपछि नेपालमा साझेदारी गर्न टाटासँग नजिकिने प्रयासमा चौधरी ग्रुप

Share:WhatsAppFacebookX (Twitter)Telegram
अडानी बिच्किएपछि नेपालमा साझेदारी गर्न टाटासँग नजिकिने प्रयासमा चौधरी ग्रुप
Photo / Coverage: टक्सार

काठमाडौँ । मुगु कर्णाली जलविद्युत आयोजना हात पार्न नसकेर भारतको चर्चित व्यावसायिक घराना अडानी समूहको विश्वास गुमाएपछि चौधरी ग्रुप अब अर्को भारतीय व्यवसायिक समूह टाटासँग नजिकिन खोजेको देखिएको छ । नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी र उनका छोरा निर्वाण चौधरी पछिल्लो समय भारतका ठुला व्यावसायिक घरानासँग नेपालमा देखिने गरी साझेदारी गर्ने कसरत गरिरहेका छन् । यसअघि चौधरी समूहले नेपालको ऊर्जा क्षेत्रकै सर्वाधिक चर्चित र महत्त्वाकाङ्क्षी १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना हात पारेर त्यसमा अडानी समूहलाई भित्र्याउने प्रयास गरेको थियो । झण्डै साढे ५ खर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाका लागि अडानी समूहका प्रतिनिधिहरू नेपाल आएर छलफलसमेत गरेका थिए । सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा आयोजना अघि बढाउन सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले ५१ प्रतिशत सेयरका लागि प्रस्ताव आह्वान गरेको थियो । जसमा चौधरी समूहअन्तर्गतको सीजी इनर्गो प्रालि एकल आवेदकका रूपमा छनोट भएको थियो । प्रस्ताव आह्वानकै क्रममा चौधरी ग्रुपको उच्च व्यवस्थापकीय टोलीले अडानीका प्रतिनिधिलाई भियुसिएलको व्यवस्थापनसँग छलफल गराएको थियो । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) बखतबहादुर शाहीले चौधरी ग्रुपले अडानीका प्रतिनिधि लिएर आएको पुष्टि गरे । शाहीले भने, “उहाँहरू अडानी ग्रुपको सदस्यका रूपमा मुगु कर्णालीबारे चासो राख्न आउनुभएको थियो। चौधरी ग्रुपका प्रतिनिधिले लिएर आउनुभएको थियो र आयोजनाबारे के–कसो हो भनेर बुझ्नुभएको थियो ।” अडानी समूहलाई साझेदारका रूपमा भित्र्याएर मुगु कर्णाली निर्माण गर्ने विषयमा पटकपटक छलफल भएको उच्च स्रोतको दाबी छ । मुख्य व्यक्ति गौतम अडानी स्वयं नेपाल नआए पनि समूहका उच्च प्रतिनिधिहरूले सन् २०२३ को जुन तथा सन् २०२४ को जनवरी र डिसेम्बरमा काठमाडौँ आएर विनोद चौधरीलगायतसँग जलविद्युत र पूर्वाधारमा लगानीबारे गोप्य एवं अनौपचारिक छलफल गरेका थिए । सन् २०२४ को जनवरीमा स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको सम्मेलनका क्रममा प्रबन्ध निर्देशक निर्वाण चौधरीले गौतम अडानीसँग भेट गरेको तस्बिर सार्वजनिक गरेका थिए । यसअघि वरुण चौधरीले समेत अडानीसँग व्यावसायिक भेटघाट गरेका थिए। तर, मुगु कर्णालीमा चौधरी समूहको मात्रै एकल प्रस्ताव परेपछि संसददेखि सडकसम्म तीव्र विरोध भयो, जसका कारण भियुसिएलले उक्त प्रक्रिया नै रद्द गरिदियो । अडानी ग्रुपले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समेत चासो देखाएको थियो । यसका लागि चौधरी समूहले राजनीतिक तहमा लबिङसमेत गरेको थियो । तर, न मुगु कर्णाली हात लाग्यो, न त विमानस्थल सञ्चालन गर्ने वातावरण नै बन्यो । योजनाअनुसार काम नभएपछि अडानी समूह चौधरी ग्रुपसँग बिच्किएको स्राेतकाे दाबी छ । चौधरी समूहबाट टाढिएको अडानी ग्रुपले त्यसपछि नेपालकै अर्कै व्यावसायिक समूहसँग मिलेर टेलिकम, ऊर्जा र विमानस्थल सञ्चालनमा सहकार्यको छलफल अगाडि बढाएको थियो । अडानीले विश्वास गर्न छाडेपछि चौधरी समूह भारतकै अर्को प्रतिष्ठित घराना टाटासँग नजिकिएको देखिएको छ । भारतीय बजारमा अडानी र टाटा एकअर्काका बलियो प्रतिस्पर्धी मानिन्छन् । विशेषगरी नवीकरणीय ऊर्जाअन्तर्गत सौर्य र वायु ऊर्जा उत्पादनमा टाटा पावर र अडानी ग्रीन इनर्जीबिच कडा प्रतिस्पर्धा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गर्दै आएका छन् । त्यस्तै, मुम्बईजस्ता ठुला सहरहरूमा बिजुली वितरण गर्ने विषयमा टाटा पावर र अडानी इलेक्ट्रिसिटी मुम्बईबिच प्रत्यक्ष टक्कर रहँदै आएको छ । बन्दरगाह, विमानस्थल र रक्षा सामग्री उत्पादनजस्ता पूर्वाधार क्षेत्रमा पनि यी दुई समूहबिच तीव्र प्रतिस्पर्धा रहेको छ । नेपालमा साझेदारी गर्न चौधरी ग्रुपले अडानीको यही प्रतिस्पर्धी समूह टाटालाई रोजेको आकलन गरिएको छ । यसै सिलसिलामा प्रबन्ध निर्देशक निर्वाण चौधरीले टाटा पावरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सिइओ) प्रविर सिन्हालाई साथमा लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटको तस्बिर सार्वजनिक गर्दै चौधरीले फेसबुकमार्फत ऊर्जा क्षेत्रको विकासमा मन्त्री श्रेष्ठको ज्ञान र सहकार्यप्रतिको खुलापनको प्रशंसा गरेका छन् । उनले नेपालमा ऊर्जा विकास र आर्थिक वृद्धिको आगामी चरणलाई अघि बढाउन सीजी इनर्जी र टाटा पावर सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। “नेपालको आगामी विकास र वृद्धिलाई ऊर्जा दिन टाटा पावर र सीजी इनर्जी प्रतिबद्ध छन्,” चौधरीले फेसबुकमा लेखेका छन् । उनको यो अभिव्यक्ति र सक्रियताले चौधरी ग्रुप अब टाटासँग नजिकिएर ठुला परियोजनामा साझेदारी गर्ने कसरतमा रहेको प्रष्ट देखाउँछ । बिनोद चौधरी सक्रिय राजनीतिमा लागेपछि अहिले व्यवसायिक नेतृत्व छोरा निर्माण चौधरीले गरिरहेका छन् । निर्माणले नै टाटाका सिइओलाई ऊर्जामन्त्री श्रेष्ठसँग भेट गराएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अहमदाबादमा ओलम्पिक गराउने भारतको तयारी, आइओसीसँग छलफल सकारात्मक
Latest NewsJust now

अहमदाबादमा ओलम्पिक गराउने भारतको तयारी, आइओसीसँग छलफल सकारात्मक

• भारतले सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा प्रस्तुत गरेको छ। • भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गर्दै सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ। • भारतको ओलम्पिक आयोजनासम्बन्धी प्रयास आन्तरिक विवादबीच अघि बढिरहेको छ, जसमा प्रशासनिक समस्याहरू र निर्वाचन प्रक्रियामा धाँधलीको आरोप समावेश छन्। ...

नेपालबहस
मृत्युदण्ड सुनाइएकी शेख हसिनाको बाङ्ग्लादेश 'फर्किने' योजनाले ढाका तनावमा, भारत अप्ठ्यारोमा
Latest NewsJust now

मृत्युदण्ड सुनाइएकी शेख हसिनाको बाङ्ग्लादेश 'फर्किने' योजनाले ढाका तनावमा, भारत अप्ठ्यारोमा

Hindustan Times via Getty Images हसिना सत्तामा रहँदा भारतकी निकट सहयोगी थिइन् शेख हसिनाले बारम्बार आफू बाङ्ग्लादेश फर्किने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्।बाङ्ग्लादेशको सत्ताबाट च्युत भएकी यी पूर्वप्रधानमन्त्रीले अहिले आफू आगामी डिसेम्बर ...

बीबीसी नेपाली
नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ :  परराष्ट्र मन्त्रालय
Latest NewsJust now

नेपाल–भारत सम्बन्ध समयसापेक्ष बनाउन ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले दिशानिर्देश गर्छ :  परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘ज्वाइन्ट भिजन डकुमेन्ट’मार्फत दुई देशबिचको सम्बन्धलाई समय सापेक्ष अघि बढाउन र नेपाल भारत सीमा समस्याको समाधान खोज्न... ...

रातोपाटी
ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो
Latest NewsJust now

ओलम्पिक आयोजनामा भारतीय दाबी बलियो

नयाँदिल्ली । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो । भारतीय ओलम्पिक सङ्घ (आइओए)ले बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुतीकरण ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement