Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज भवनको शिलान्यास गरेकी हुन्। कार्यक्रममा उनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्नेभन्दा उनीहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न शिक्षा प्रणाली सक्षम छ कि छैन भन्ने विषय महत्त्वपूर्ण रहेको बताइन्। समाजमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाबारे गरिने प्रश्न नै गलत रहेको उल्लेख गर्दै उनले सबैले परिकल्पना गरेको मानवता र करुणाको सहर निर्माण गर्ने अभियानमा विद्यालय तथा अनुसन्धान केन्द्रको स्थापनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। अटिजम भएका बालबालिकाको संवाद गर्ने, सिक्ने, बोल्ने र व्यवहार गर्ने तरिका फरक हुने भएकाले उनीहरूको आवश्यकताअनुसार शिक्षा र व्यवहार आवश्यक रहेको उनको भनाइ थियो। महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालले अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन तथा अनुसन्धान र उनीहरूका अभिभावकलाई सहयोग गर्न भवन बहुउपयोगी हुने विश्वास व्यक्त गरे। भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियामार्फत निर्माणका लागि नौ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ। भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न मिल्ने व्यवस्था हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल
Latest NewsJust now

बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बुढीगण्डकी नदीमाथि निर्माण हुने... ...

रातोपाटी
अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै
Latest NewsJust now

अटिजम भएका बालबालिकाका लागि अनामनगरमा विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेको केन्द्र भवन निर्माणका लागि ९ करोड ७७ लाख रुपैयाँमा सम्झौता भएको छ । ...

कान्तिपुर
हुरीबतासले मुस्ताङको विद्युत् आपूर्ति अवरुद्ध
Latest NewsJust now

हुरीबतासले मुस्ताङको विद्युत् आपूर्ति अवरुद्ध

म्याग्दी। हुरीबतासका कारण म्याग्दी हुँदै मुस्ताङमा विद्युत् आपूर्ति हुने केन्द्रीय प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। म्याग्दीको दानादेखि मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोबाङसम्मको खण्डमा मङ्गलबार आएको हुरीबतासले विद्युत्का पोल ढाल्नुका साथै तार चुडाएपछि ३३ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध भएको हो। विद्युत् आपूर्ति बन्द हुँदा पर्यटकीय जिल्ला मुस्ताङको जनजीवन प्रभावित बनेको छ। मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ...

नेपालन्युज
माघभर रुरु महास्नानको तयारी
Latest NewsJust now

माघभर रुरु महास्नानको तयारी

गुल्मी। गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ। कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो। माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement