Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका थिए । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार साँझ देशव्यापी उडान रोक्ने निर्णय हटाए पनि त्यसपछि पनि उडान रद्द र ढिलाइको क्रम जारी छ । विमान तथा चालक दलको व्यवस्थापन मिलाउन समय लाग्ने भएकाले सप्ताहन्तसम्म हवाई सेवा प्रभावित हुने देखिएको छ । उडान ट्र्याकिङ सेवा फ्लाइटअवेयरका अनुसार अहिलेसम्म १५ हजारभन्दा बढी उडान रद्द भइसकेका छन् । आधुनिक अमेरिकी हवाई उड्डयन इतिहासमा देशव्यापी रूपमा उडान रोकिएको यो तेस्रो घटना हो । न्युयोर्क क्षेत्रका विमानस्थलमा यसको प्रभाव अझ बढी देखिएको छ । लागार्डिया विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएका छन् भने जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै आधा उडान रोकिएका छन् । उडान रद्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । लागार्डिया विमानस्थलमा एक यात्रुले उडान हुनुभन्दा एक घण्टाअघि मात्रै आफ्नो उडान रद्द भएको जानकारी पाएको बताएका छन् । बिहान उडान समयमै हुने देखिएपछि विमानस्थल पुगेका उनलाई अन्तिम समयमा उडान रद्द भएको जानकारी दिइएको थियो । एयरलाइन्सले उनको टिकट सोमबारका लागि पुनः व्यवस्थापन गरेको थियो । अन्य एयरलाइन्समा समेत तत्काल टिकट उपलब्ध नभएपछि ती यात्रुले न्युयोर्कमै थप दुई रात बिताउनुपर्ने अवस्था आएको बताए । एयरलाइन्सले होटल खर्च नबेहोर्ने भएकाले आफैँ बस्ने ठाउँ खोज्नुपरेको उनको भनाइ छ । यसैबीच, अमेरिकी यातायात मन्त्री सन डफीले देशको हवाई ट्राफिक नियन्त्रण प्रणाली निकै पुरानो भएकाले यस्तो समस्या उत्पन्न भएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले हवाई पूर्वाधार आधुनिकीकरणका लागि अमेरिकी संसद्सँग ५० अर्ब अमेरिकी डलरको आपत्कालीन बजेट माग गरेका छन् । पत्रकार सम्मेलनमा सहभागी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले भने उडान अवरोध साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको स्पष्ट पारेका छन् । यसअघि सन् २०२३ जनवरीमा एफएएको महत्वपूर्ण कम्प्युटर प्रणालीमा खराबी आएपछि अमेरिकामा देशव्यापी उडान रोकिएको थियो । त्यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि पनि अमेरिकी हवाई सेवा देशव्यापी रूपमा प्रभावित भएको थियो । पछिल्लो घटनाले अमेरिकाको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरण आवश्यकतामाथि पुनः बहस सुरु गराएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?
Latest NewsJust now

महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय दर्शकको ध्यान तान्न ‘प्रचार फन्डा’ अपनाउने चलन बढ्दो छ । तर, संवेदनशीलता र विषयवस्तु नबुझी गरिने यस्ता स्टन्टले फिल्मलाई फाइदाभन्दा घाटा पुग्ने गरेको... ...

रातोपाटी
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Latest NewsJust now

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि […] ...

लोकपथ
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग
Latest NewsJust now

विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट ...

नेपालन्युज
थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ल्याएको साढे पाँच किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको टोलीले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो। उनको साथबाट साढे पाँच किलोग्राम सेतो हेरोइन, ए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play