Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अछाम जाँदै गरेको गाडी सुर्खेतमा दुर्घटना, नौजना घाइते

अछाम जाँदै गरेको गाडी सुर्खेतमा दुर्घटना, नौजना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
अछाम जाँदै गरेको गाडी सुर्खेतमा दुर्घटना, नौजना घाइते

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी मंगलबार (कात्तिक ३) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडी अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका निम्ति पञ्चपुरी आधारभूत अस्पताल पठाइएको छ । घाइतेमध्ये अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिनालाई थप उपचारका निम्ति प्रदेश अस्पतालमा ‘रिफर’ गरिएको सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । घाइते हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, कैलालीका तीन वर्षीय समीर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय विर्ख टमटा, २० वर्षीया शारदा टमटा छन् । यस्तै, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, पञ्चदेवल विनायक–८ का ३५ वर्षीय धीराज विक, कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी र सोही ठाउँकी २० वर्षीया शान्ति भण्डारी घाइते छन् । प्रहरीका अनुसार, जीवनकला, हेमन्त र गोपाल को अवस्था मध्यम छ । अरू घाइतेको अवस्था सामान्य छ । गाडीका चालक अछामका ३५ वर्षीय विष्ण्ॉ शाही दुर्घटनापछि फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सकुशल रहेका बालबालिकासहित १० यात्रुलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको छ । The post अछाम जाँदै गरेको गाडी सुर्खेतमा दुर्घटना, नौजना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते
ताजा खबरJust now

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते

बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक... ...

नेपालखबर
हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु
ताजा खबरJust now

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु

रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । ...

कान्तिपुर
सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
ताजा खबरJust now

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा... ...

रातोपाटी
मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
ताजा खबरJust now

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play