Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

२५ करोडको लागतमा बनेको गुल्मी अस्पतालको नयाँ भवनबाट छिट्टै सेवा सुरु हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
२५ करोडको लागतमा बनेको गुल्मी अस्पतालको नयाँ भवनबाट छिट्टै सेवा सुरु हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँच तले भवनबाट मंसिर अन्तिम सातादेखि पूर्ण स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी थालिएको छ । भवनमा गृह प्रवेश गरिएसँगै अस्पतालले आवश्यक उपकरण, सामग्री तथा पूर्वाधार व्यवस्थापनको तयारी थालेको छ। २५ करोड ९५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको भवनमा ओपीडी, आकस्मिक, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ उपचार सेवाका संरचना छन्। नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार हुनुका साथै बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध हुने अस्पताल प्रमुख डा. विभव बस्यालले बताए। पुरानो साँघुरो भवनका कारण सेवा प्रवाहमा हुँदै आएको कठिनाइ नयाँ भवन सञ्चालनसँगै हट्ने अपेक्षा गरिएको छ। २०७८ असारमा निर्माण सम्झौता भएको भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणमा झण्डै पाँच वर्ष लागेको हो। नयाँ भवनबाट सेवा सुरु भएपछि सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भियतनाम युद्ध रोकेको कङ्ग्रेसले इरान युद्ध अन्त्य गर्न सक्ला ?
Latest NewsJust now

भियतनाम युद्ध रोकेको कङ्ग्रेसले इरान युद्ध अन्त्य गर्न सक्ला ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन... ...

रातोपाटी
सडक सुरक्षाका लागि सुरक्षित पूर्वाधार
Latest NewsJust now

सडक सुरक्षाका लागि सुरक्षित पूर्वाधार

सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिबाट सधैं पूर्ण सावधानीको अपेक्षा गर्दैगर्दा उनीहरूले प्रयोग गर्ने पूर्वाधारमा सुधार गरेर जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने तथ्यलाई बेवास्ता गर्न पनि मिल्दैन । ...

कान्तिपुर
अपी हिमालः जहाँ प्रकृति बोल्छ
Latest NewsJust now

अपी हिमालः जहाँ प्रकृति बोल्छ

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएका छन्। अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ। समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement