Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले ती ट्याङ्करहरू अनधिकृत जलमार्ग प्रयोग गरी अघि बढ्ने क्रममा बारुदी सुरुङमा ठोक्किएको जनाएको हो । आईआरजीसीको विज्ञप्तिमा भनिएको छ, “नियम उल्लङ्घन गर्ने दुई तेल ट्याङ्करमध्ये एउटा स्ट्रेट अफ होर्मुजको पूर्वी भागमा र अर्को होर्मुज मध्यभित्र नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको हो ।” ती ट्याङ्करहरूले नेभिगेसन र स्थान पहिचान प्रणाली बन्द गर्नेलगायतका नियमसमेत उल्लङ्घन गरेको इरानको दाबी छ । यद्यपि, इरानले ट्याङ्करहरूको नाम र राष्ट्रियता खुलाएको छैन । फेब्रुअरीको अन्त्यमा इरानमा युद्ध सुरु भएयता तेहरानले विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुजमा जहाज आवागमनमा कडा प्रतिबन्ध लगाउँदै आएको छ । इरानले आफ्नै अनुमतिमा तोकिएका जलमार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई निर्देशन दिएको छ । यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाउनुका साथै ट्याङ्करहरूलाई उक्त जलमार्ग पार गर्न सहयोग गर्दै आएको छ । विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग यही जलमार्गबाट ओसारपसार हुने गर्छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, गर्मीयामयता खाडी राष्ट्रहरूलाई होर्मुज हुँदै एक अर्ब ५० करोड ब्यारेल तेल निर्यात गर्न अमेरिकाले सहयोग गरेको थियो । अमेरिकी सेनाले हालै उक्त जलमार्गबाट सबै बारुदी सुरुङ हटाइसकिएको दाबीसमेत गरेको छ । यसैबीच, शनिबार राति इरानका विभिन्न स्थानमा विस्फोटजस्ता आवाज सुनिएको आईआरएनएले जनाएको छ । समाचार संस्थाका अनुसार केसम, सिरिक, जास्क र बन्दर अब्बासमा त्यस्ता आवाज सुनिएका थिए । ती आवाजको कारण भने खुलेको छैन । जास्क बन्दरगाह सहरमा कुनै वस्तु ठोक्किएको अधिकारीहरूले पुष्टि गरेको पनि आईआरएनएले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गर्ने सम्भावनाबारे चर्चा गर्नु गरेका थिए । पछि उनले उक्त योजनाबाट पछि हटेको सङ्केत गरेका थिए । यद्यपि, अमेरिकी सेनाले इरानमाथि सीमित आक्रमण भने जारी राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन, को-को भए सभापति ? (सूचीसहित)
Latest NewsJust now

कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन, को-को भए सभापति ? (सूचीसहित)

काठमाडौँ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेकाे छ । समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति... ...

रातोपाटी
दरबारमार्गमा लागेको आगो नियन्त्रणमा
Latest NewsJust now

दरबारमार्गमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्जबारमा आगलागी सुरु भएको थियो । दमकल प्रयोग गरेर आगो नियन्त्रणमा... ...

रातोपाटी
हेर्नुहोस् साताका ७ तस्बिर
Latest NewsJust now

हेर्नुहोस् साताका ७ तस्बिर

गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - कांग्रेस सभापति गगनकुमार थापाले पार्टी कार्यालयबाट विशेष सम्बोधन गरे... ...

रातोपाटी
पाटनमा तिहार बजारको रौनक (भिडियो रिपोर्ट)
Latest NewsJust now

पाटनमा तिहार बजारको रौनक (भिडियो रिपोर्ट)

काठमाडौँ । उज्यालोको चाड तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजा । यस दिन साँझ घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । आइतबार बिहान रातोपाटी टिम ललितपुरको मंगलबजार पुग्दा तिहारका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play