Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौं।सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते तीनै जनालाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो। उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याइए लगत्तै प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरियो। परीक्षणपछि तीनै जनाको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ। घाइतेको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने अस्पतालले जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि
Latest NewsJust now

देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि

बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । जिल्ला अधिवेशनबाट प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा जिल्ला सभापतिमा निर्वाचित... ...

रातोपाटी
नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति
Latest NewsJust now

नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति

बिमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नेपाल पुनर्बिमा कम्पनीले ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । ...

कान्तिपुर
मोटरसाइकलको कालो नम्बर प्लेट कसरी दर्ता गर्ने ? कति लाग्छ शुल्क ?
Latest NewsJust now

मोटरसाइकलको कालो नम्बर प्लेट कसरी दर्ता गर्ने ? कति लाग्छ शुल्क ?

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकालगायत क्षेत्रमा रातो नम्बर प्लेट (निजी प्रयोजन) मा सञ्चालन हुँदै आएका मोटरसाइकल तथा स्कुटरमार्फत दिइने ‘राइड सेयरिङ’ सेवा अब पूर्ण रूपमा कानुनी र व्यावसायिक दायरामा... ...

रातोपाटी
भृकुटीमण्डपमा फूल र जडिबुटीको सुगन्ध (तस्बिरहरू)
Latest NewsJust now

भृकुटीमण्डपमा फूल र जडिबुटीको सुगन्ध (तस्बिरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ शुरू भएको छ।  एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्‌घाटन गरेकी हुन्। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा भएको प्रदर्शनी कात्तिक २१ गतेसम्म चल्नेछ। एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडिबुटी नर्सरीको एकसाथ वृहत प्रदर्शनी भइरहेको छ। तस्बिर: मनविक्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play