Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

हुलास फिनसर्भ हायर पर्चेजको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने प्रस्ताव पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलास फिनसर्भ हायर पर्चेजको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने प्रस्ताव पारित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा आइतबार (मंसिर १३ गते) काठमाडौंको लाजिम्पाटस्थित डुसिट प्रिन्सेस होटलको प्रिन्सेस बलरुममा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका अध्यक्ष शेखर गोल्छाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफलपछि पारित गरिएको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित भएका छन् । सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबार स्वीकृति र साधारण सभाको निर्णय विवरणमा हस्ताक्षर गर्ने अख्तियारीसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको सार्वजनिक सेयर निष्कासन (आईपीओ) प्रक्रियालाई निरन्तरता दिने प्रस्तावसमेत पारित भएको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत समीर ठाकुरले कम्पनीको व्यावसायिक तथा वित्तीय कार्यसम्पादन, सञ्चालनगत उपलब्धि, संस्थागत सुशासन र भावी रणनीतिक कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल १ हजार २२३ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । कम्पनीले देशका ७७ वटै जिल्लामा ३ हजारभन्दा बढी मर्चेन्ट साझेदारमार्फत कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नयाँ तथा पुराना दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका साथै नयाँ मोबाइल फोन तथा उपभोक्ता इलेक्ट्रोनिक सामग्री खरिदका लागि सहज कर्जा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इरानमा डलरको मूल्य तीन लाख तोमान नजिक, रियाल ऐतिहासिक रूपमा कमजोर
Latest NewsJust now

इरानमा डलरको मूल्य तीन लाख तोमान नजिक, रियाल ऐतिहासिक रूपमा कमजोर

काठमाडौं । इरानको अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको मूल्य तीन लाख तोमान नजिक पुगेको छ । इरानी मुद्रा रियाल लगातार कमजोर बन्दै गएपछि डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नोभेम्बर २८ मा खुला बजारमा एक अमेरिकी डलरको मूल्य करिब २९ लाख ९२ हजारदेखि २९ लाख ९९ हजार रियालसम्म पुगेको थियो । इरानमा दैनिक कारोबारमा प्रयोग हुने तोमानमा यो मूल्य करिब ...

कर्पोरट खबर
कार्की बने ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल च्याम्पियन
Latest NewsJust now

कार्की बने ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल च्याम्पियन

गोकर्ण गल्फ क्लबमा शनिबार र आइतबार गरी दुई दिन आयोजित प्रतियोगिताको १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन् । ...

कान्तिपुर
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त
Latest NewsJust now

ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन्। यूएईले नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ क्वालिफायर प्लेअफका... ...

रातोपाटी
आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल
Latest NewsJust now

आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिगअन्तर्गत मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आइतबार एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जितको नजिक पुगेको लिभरपुल अन्ततः बराबरीमा चित्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement