Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने
Latest NewsJust now

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा छ । उसले तीन खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा काठमाडौंसँग ...

केन्द्रबिन्दु
जलवायु वित्त अनुदानभन्दा ऋण दोब्बर
Latest NewsJust now

जलवायु वित्त अनुदानभन्दा ऋण दोब्बर

जलवायु वित्त भन्नाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न न्यूनीकरण र अनुकूलन प्रयासमार्फत विनियोजन गरिने वित्तीय स्रोतहरूलाई बुझाउँछ । यस्ता वित्तीय प्रवाहले हरितगृह ग्यास उत्सर्जन घटा... ...

गोरखापत्र
प्रस्तावित चार न्यायाधीशको जुरीकर्तासँग छलफल हुँदै
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशको जुरीकर्तासँग छलफल हुँदै

काठमाण्डु – सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले शुक्रबार छलफल गर्दैछ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play