Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल
Photo / Coverage: टक्सार

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्युनिकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित १२ औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताएका हुन् । उनले प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत क्षति न्युनिकरण गर्न सकिने उल्लेख गरे । यसका लागि भूविज्ञानको भुमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । सभामुख अर्यालले सडक, सुरुङमार्ग, जलविद्युत आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने बताए । विकासको गति र सुरक्षित भविष्यबिच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको उनले उल्लेख गरे । उनले वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमार्फत संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । संसद, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य विस्तार गर्नुपर्ने बताउँदै उनले वैज्ञानिक निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनासँग जोड्नु संसद्को पनि महत्त्वपूर्ण जिम्मेवारी भएको बताए । त्यस्तै, विपद् आउनुअघि नै जोखिम पहिचान र न्युनिकरण गर्ने प्रणालीको विकास, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग र युवा वैज्ञानिकहरूको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसियासहित विश्वमै प्रभाव पार्न सक्ने उल्लेख गर्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए । नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच प्रभावकारी सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुने उल्लेख गर्दै सभामुख अर्यालले सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझाव राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहसम्मका व्यवहारिक कार्यमा रूपान्तरण हुने विश्वास व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनमा भेटियो ३ लाख २४ हजार वर्ष पुरानो मानव जीवाश्म, आठ दाँतले खोले मानव विकासक्रमको नयाँ रहस्य
Latest NewsJust now

चीनमा भेटियो ३ लाख २४ हजार वर्ष पुरानो मानव जीवाश्म, आठ दाँतले खोले मानव विकासक्रमको नयाँ रहस्य

काठमाडौँ । चीनको दक्षिणी क्षेत्र गुआङ्सी झुआङ स्वायत्त प्रदेशको चोङजोउ सहरस्थित दुईवटा गुफामा भेटिएका प्राचीन मानवका जीवाश्मले मानव विकासक्रमबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । वैज्ञानिकहरूले बासियान र नासियान गुफामा... ...

रातोपाटी
चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ स्याटेलाइट
Latest NewsJust now

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ स्याटेलाइट

बेइजिङ । चीनले बिहीबार नयाँ स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। चीनको साङ्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘शिजियान–२४’ नामक स्याटेलाइट प्रक्षेपण गरिएको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहान... ...

रातोपाटी
एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड
Latest NewsJust now

एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

बैठकले सन् २०२७-२८ का लागि संघको अध्यक्षमा म्यानमारको केन्द्रीय बैंक र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ । ...

कान्तिपुर
‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी
Latest NewsJust now

‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा करिब ५० करोड मानिसलाई गरिबीबाट मुक्त गर्न सफल भएको र ‘माओवादी उग्रवाद’को खतरा अन्त्य भएको दाबी गर्दै अब लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play