Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै
Photo / Coverage: नेपालन्युज

भोजपुर। खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ । खेतीपातीका लागि गोरुमा निर्भर किसान पछिल्लो समय कृषि उपकरणको प्रयोगतर्फ आकर्षित भएपछि गोरुपालन घट्न थालेको हो । विगतमा खेतीपाती गर्ने प्रायः प्रत्येक किसान परिवारले एक हल गोरु पाल्ने गर्थे । खेत जोत्न, माटो सम्याउनलगायत कृषि कार्यमा गोरुको प्रयोग हुन्थ्यो । तर, हातेट्रयाक्टरबाट कम समय र श्रममा खनजोत गर्न सकिने भएपछि किसानले गोरु पाल्न छाड्दै गएका छन् । टेम्केमैयुङ गाउँपालिका–५ का गणेश विष्टका अनुसार गोरुले एक दिन लगाउने खेतबारीको खनजोत हातेट्रयाक्टरबाट तीनदेखि चार घण्टामै गर्न सकिन्छ । परम्परागत रूपमा गोरुबाट खेत जोत्दा धेरै समय र श्रम खर्चिनुपर्ने भए पनि हातेट्रयाक्टरबाट छिटो काम सकिने उनले बताए। ‘समय र श्रम दुवै बचत हुने भएकाले अहिले किसानको रोजाइ हातेट्रयाक्टर बनेको छ’, उनले भने। टेम्केमैयुङ गाउँपालिका–४ नागीका रामकुमार राईले पनि हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घटेको बताए। विगतमा खेतीपातीका लागि प्रायः प्रत्येक घरमा एक हल गोरु हुने गरेकामा अहिले अधिकांश किसानले पाल्न छाडेको उनको भनाइ छ । ‘पहिले गाउँमा गोरु नपाल्ने घर कमै हुन्थे । खेतीपातीका लागि गोरु अनिवार्यजस्तै थियो’, उनले भने, ‘अहिले हातेट्रयाक्टरले खेतबारी जोत्न थालेपछि गोरु पाल्ने चलन निकै घटेको छ ।’ खेतीपातीमा परिवारका सदस्यको जनशक्ति कम हुँदै गएको अवस्थामा कृषि उपकरण उपयोगी बनेको किसान एकराज विष्टले बताए। हातेट्रयाक्टरको प्रयोगले खनजोतका लागि गोरुमाथिको निर्भरता घट्नुका साथै पशुपालनमा खर्चिनुपर्ने समय र श्रमसमेत बचत भएको उनको भनाइ छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवाशक्ति बाहिरिने क्रम बढ्दा खेतीपातीमा जनशक्तिको अभाव हुने गरेको उनले बताए। किसानको माग र आवश्यकताअनुसार स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयले अनुदानमा हातेट्रयाक्टर वितरण गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाले पनि किसानलाई हातेट्रयाक्टर वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। किसानबाट हातेट्रयाक्टरको माग बढी आउने गरेको उल्लेख गर्दै उनले गत वर्ष गाउँपालिकामार्फत ३६० वटा हातेट्रयाक्टर वितरण गरिएको जानकारी दिए। कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको मागअनुसार कृषि उपकरण वितरण गर्दै आएको उनले बताए। कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीमा पनि परिवर्तन आउन थालेको अध्यक्ष राईको भनाइ छ । विगतमा गोरुमा आधारित खेती प्रणाली अहिले क्रमशः कृषि उपकरणमा आधारित हुँदै गएको र यसले ग्रामीण कृषि जीवनशैलीमा समेत प्रभाव पारेको अध्यक्ष राई बताउँछन्। हातेट्रयाक्टरको प्रयोगले खेतीपातीमा सहजता थपिए पनि यसको सञ्चालनका लागि इन्धन, मर्मतसम्भार र प्राविधिक ज्ञान आवश्यक पर्ने पौवादुङमा गाउँपालिका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए। कृषि उपकरणको उचित व्यवस्थापन र मर्मतसम्भारमा किसानले ध्यान दिनुपर्ने उनको सुझाव छ । गाउँपालिकाले किसानलाई हातेट्रयाक्टर मर्मतसम्भारसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए । कृषिमा आधुनिक उपकरणको प्रयोग विस्तार हुँदै जाँदा पुस्तौँदेखि चल्दै आएको गोरु पाल्ने परम्परा भने क्रमशः कमजोर बन्दै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उपसमितिले बुझायो गोरखकाली रबर उद्योगको पुनरुत्थान तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन
Latest NewsJust now

उपसमितिले बुझायो गोरखकाली रबर उद्योगको पुनरुत्थान तथा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन

बागलुङ क्षेत्र नं. १ का संघीय सांसद सुशील खड्काको संयोजकत्वमा गठित “गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी व्यवस्थापनको अध्ययनका लागि गठित उपसमिति” ले प्रतिवेदन सरकारी लगानी व्यवस्थापन समितिसमक्ष पेस गरेको छ। प्रतिवेदनमा गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी... ...

नेपालखबर
नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड
Latest NewsJust now

नेपाल बैंकले सञ्चालनमा ल्यायो भर्चुअल क्रेडिट कार्ड

काठमाडौँ । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकहरूलाई आधुनिक, सहज तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement