Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

हवाई फायर गरेर ब्राउन सुगरसहित दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
हवाई फायर गरेर ब्राउन सुगरसहित दुई जना पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

रुपन्देही । कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो । वाणगङ्गा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगङ्गा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए । प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार लागूऔषध कारोबार भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा सात सदस्यीय प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको टोलीले संयुक्त रूपमा पसलमा छापा मारेको थियो । प्रहरीले खानतलासी गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको थप चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै स्थानबाट बरामद भएको ब्राउन सुगरको शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
Latest NewsJust now

यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा

काठमाडौँ, कात्तिक १६ गते । पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेक... ...

गोरखापत्र
ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै
Latest NewsJust now

ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै

धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने १२ किलोमिटर सडकमध्ये चार किलोमिटर खण्डका लागि ११ करोड ९ लाख रुपैयाँको ठेक्का लागेको छ। ...

कान्तिपुर
काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै
Latest NewsJust now

काठमान्डु गोर्खाजले पहिला फिल्डिङ गर्दै

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play