Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा पछि परेको अवस्था उल्टाउँदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । खेलको छैटौँ मिनेटमै पाब्लो दुरानले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए । सुरुवातमै पछि परेको रियलले बराबरीका लागि लगातार आक्रमण गरे पनि पहिलो हाफमा गोल गर्न सकेन । खेलको ३९औँ मिनेटमा रियलले पेनाल्टी पाउने अवसर पाएको थियो । तर, किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टी बारमाथिबाट बाहिरिएपछि रियलले बराबरी गर्ने मौका गुमाएको थियो । दोस्रो हाफमा भने रियलले खेलमा पुनरागमन गर्‍यो । खेलको ६६औँ मिनेटमा जुड बेलिङ्घमले किलियन एम्बाप्पेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि जितका लागि दबाब बढाएको रियलले खेलको ८५औँ मिनेटमा निर्णायक गोल गर्‍यो । भिनिसियस जुनियरको प्रहारपछि फर्किएको बललाई कार्लोस एस्पीले जाली चुमाउँदै रियललाई २–१ को अग्रता दिलाए । अन्तिम समयसम्म सेल्टाले बराबरी गोल फर्काउन नसकेपछि रियलले जित सुनिश्चित गर्‍यो । यस जितसँगै रियल मड्रिडले लगातार नवौँ जित निकालेको छ । ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग बराबरीमा पुगेको छ । तर, त्यस्तै सेल्टाको भने १३ खेलमा १३ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ । The post सेल्टाविरुद्ध रियल मड्रिडको पुनरागमन जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेल ‘आयुताहुति महायज्ञ’ मा सहभागी
Latest NewsJust now

राष्ट्रपति पौडेल ‘आयुताहुति महायज्ञ’ मा सहभागी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ६ गते। राष्ट्रपति रामचन्द्र पौडेल राजधानीको ऐतिहासिक जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा ५० वर्षपछि आयोजना गरिएक... ...

गोरखापत्र
दिल्लीमा बस्ने नेपालीका समस्या अनगिन्ती
Latest NewsJust now

दिल्लीमा बस्ने नेपालीका समस्या अनगिन्ती

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा रोजगारी र जीविकोपार्जनका लागि आएका नेपालीहरूको संख्या ठुलो छ । तर, पुस्तौँ बितिसक्दा पनि यहाँ बसोबास गर्ने नेपालीहरूका आधारभूत समस्या ज्युँका त्युँ छन्... ...

रातोपाटी
प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई
Latest NewsJust now

प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

• शिखर स्पोर्टस क्लब खार्मीले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले उपाधि जितेको छ। • फाइनल खेलमा सोल्माले खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै रु १,११,१११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। • प्रतियोगितामा उत्कृष्ट खेलाडी र पत्रकारलाई विभिन्न पुरस्कार र नगद प्रदान गरिएको छ, र कुल १० वडाले सहभागिता ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play