सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरका तीन स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ५ लाख ८८ हजार ३ सय ८५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाको कमान्डमा खटिएको टोलीले चाडपर्वका बेला विभिन्न स्थानमा जुवातास खेल्ने र नगद कम देखाएर मोबाइल बैंकिङलगायतका माध्यमबाट ठूलो रकमको कारोबार गरी सट्टेबाजी गर्ने गरेको सूचनाका आधारमा छापा मारेको हो । प्रहरीका अनुसार कात्तिक २२ गते राति वीरेन्द्रनगर नगरपालिका–६ बुद्धपथस्थित खिमराज काफ्लेको घरबाट ५ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५ हजार ८ सय रुपैयाँ र एक थान तास बरामद भएको छ । त्यस्तै, वीरेन्द्रनगर–९ मुलपानीचोकस्थित सुशील भारतीको घरबाट १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ४ लाख १ हजार ४ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, वीरेन्द्रनगर–१० बुलबुलेचोकस्थित डिलाराम गिरीको घरबाट १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ८१ हजार १ सय रुपैयाँ र जुवातास बरामद भएको छ ।
सुर्खेतमा तीन जुवाखालमा छापा, २७ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






