Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै चितवन राइनोजले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा चितवनको कप्तानी सिकन्दर राजाले गर्ने भएका छन् । चितवन राइनोजले भने यसअघिका दुई मध्ये एक खेलमा विराटनगरलाई पराजित गरेको थियो भने एक खेल बर्षाले अवरुद्ध हुदा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो । त्यस्तै, सुदूरपश्चिम रोयल्सले भने खेलेका ३ खेलमा दुई हार र एक जित हासिल गरेको छ । सुदूरपश्चिमले पोखरालाई पराजित गरेको थियो भने लुम्बिनी र विराटनगरसँग हार बेहोरेको थियो । The post सुदूरपश्चिमले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल
Latest NewsJust now

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन्। जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका... ...

रातोपाटी
उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

उदयपुर। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडक खण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण ...

नेपालन्युज
आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन पत्रकारलाई आग्रह
Latest NewsJust now

आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन पत्रकारलाई आग्रह

काठमाडौं । आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि अभिमुखीकरण दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play