Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध
Photo / Coverage: केन्द्रबिन्दु

गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् । कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरामा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते
Latest NewsJust now

पोखरामा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते

पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ...

कान्तिपुर
संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते
Latest NewsJust now

संखुवासभामा चट्याङ पर्दा दुई जना घाइते

बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए । ...

कान्तिपुर
भीमफेदी ईभी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए
Latest NewsJust now

भीमफेदी ईभी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् । ...

कान्तिपुर
भीमफेदी ईभी दुर्घटना अपडेट : पाँच घाइतेमध्ये तीनजनाको हेटौंडामा उपचार हुँदै
Latest NewsJust now

भीमफेदी ईभी दुर्घटना अपडेट : पाँच घाइतेमध्ये तीनजनाको हेटौंडामा उपचार हुँदै

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्। बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल भीरमा खसेको हो। गाडीमा १५ जना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play