Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सिटी र युनाइटेडको संकट गहिरिँदा बार्सिलोनाको सानदार पुनरागमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटी र युनाइटेडको संकट गहिरिँदा बार्सिलोनाको सानदार पुनरागमन
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले निराशाजनक नतिजा बेहोरेका छन् । सिटी ब्राइटन एण्ड होभ एल्बियनसँग १-० ले पराजित हुँदा युनाइटेड चेल्सीसँग २-० ले स्तब्ध बनेको हो । उता, स्पेनिस ला लिगामा लगातार दुई हारपछि बार्सिलोनाले आलाभेसमाथि ६-१ को सानदार जित निकाल्दै पुनरागमन गरेको छ । जर्मन बुन्डेस लिगाको चर्चित भिडन्त ‘डेर क्लासिकर’मा भने बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड २-२ को बराबरीमा रोकिए । हारसँगै प्रिमियर लिगमा सिटीको लगातार दोस्रो पराजय भएको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा यासिन अयारीले गरेको एकमात्र गोल नै सिटीको हारको कारण बन्यो । उहाँले माटियस नुनेसको गल्तीको फाइदा उठाउँदै खेलको ११औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि साता बिचमा भएको इङ्लिस फुटबल लिग (इएफएल) कपमा सिटीले ब्राइटनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । तर, लिगमा भने ब्राइटनले घरेलु मैदानमा सिटीलाई निराश बनायो । सिटीले खेलमा बराबरी गोल फर्काउने केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन । इलिमान एनडियाएले मध्यान्तरअघि र पछाडि गोलका अवसर पाउनुभएको थियो । तर, ब्राइटनका गोलरक्षक बार्ट भेर्ब्रुगेनले उत्कृष्ट बचाउ गर्दै सिटीलाई रोकिदिनुभयो । अन्ततः अयारीको सुरुवाती गोल नै निर्णायक बन्यो र ब्राइटनले तीन अंक सुरक्षित गर्‍यो । यो जितसँगै ब्राइटनले सिटीसँगको अंक दूरी दुईमा झारेको छ । सिटी २१ अंकसहित शीर्ष स्थानमा रहे पनि अर्को खेलमा लिभरपुलसँग आर्सनल पराजित नभए उसले दोस्रो स्थान गुमाउनेछ । एक खेल कम खेलेको आर्सनलको पनि २१ अंक छ । तेस्रो स्थानमा रहेको ब्राइटनले भने १९ अंक जोडेको छ । म्यानचेस्टर युनाइटेडको खराब लयले निरन्तरता पायो । स्टामफोर्ड ब्रिजमा चेल्सीसँग २-० ले पराजित भएपछि युनाइटेडको जितविहीन यात्रा नौ खेल पुगेको छ । सन् १९८८ यताकै सबैभन्दा खराब लयबाट गुज्रिरहेको युनाइटेडका लागि यो हारले थप संकट निम्त्याएको छ । चेल्सीका लागि मोर्गन रोजर्सले खेलको ५०औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफमा युनाइटेडको रक्षापंक्ति सम्हालिन नसक्दा चेल्सीले खेलमा पकड बनाएको थियो । त्यसको केही समयपछि लिसान्द्रो मार्टिनेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो । खेलको ६४औँ मिनेटमा चेल्सीले पेनाल्टी पायो । कोल पाल्मरले त्यसलाई गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यो गोलसँगै पाल्मरले प्रिमियर लिगमा आफ्नो ५०औँ गोल पूरा गर्नुभएको छ । उहाँको गोलले चेल्सीको जित सुनिश्चित गर्दा युनाइटेड भने थप दबाबमा परेको छ । लगातार खराब नतिजाका कारण प्रशिक्षक माइकल क्यारिकको जिम्मेवारीमाथि समेत प्रश्न उठ्न थालेको छ । शनिबारका अन्य खेलको नतिजापछि युनाइटेड रेलिगेसन क्षेत्रमा पुग्न सक्ने अवस्था बनेको छ । शनिबार राती नै भएका अन्य खेलमा बोर्नमाउथले लिड्स युनाइटेडलाई २-०, ब्रेन्टफोर्डले नटिङ्घम फरेस्टलाई २-० र कभेन्ट्री सिटीले सन्डरल्याण्डलाई ३-१ ले पराजित गरे । हल सिटी र इप्सविच टाउनले भने २-२ को बराबरी खेले । इंग्ल्याण्डमा म्यानचेस्टरका दुवै क्लब निराशाजनक नतिजाबाट गुज्रिरहेका बेला स्पेनमा बार्सिलोनाले भने आक्रामक प्रदर्शन गर्दै लगातार दुई हारको निराशा भुलाएको छ । घरेलु मैदानमा आलाभेसलाई ६-१ ले पराजित गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको हो । रियल मड्रिडसँग २-१ ले पराजित भएपछि बार्सिलोनाको प्रदर्शनमाथि प्रश्न उठेको थियो । त्यसपछि च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)सँग ४-२ को हार बेहोरेपछि प्रशिक्षक हान्सी फ्लिकले टोलीको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । तर, आलाभेसविरुद्धको खेलमा बार्सिलोनाले ती आलोचनाको जवाफ मैदानबाटै दिएको छ । जर्मनीमा भने बालोन डी’ओर विजेता बनेपछि पहिलो खेल खेल्नुभएका ह्यारी केनले व्यक्तिगतरूपमा सम्झनलायक प्रदर्शन गर्न सक्नुभएन । उहाँले पेनाल्टीमा गोल गर्न नसकेको रात बायर्न म्युनिख र बोरुसिया डर्टमन्डबीचको ‘डेर क्लासिकर’ २–२ को बराबरीमा सकियो । खेलअघि बायर्नले केनको सम्मानमा विशेष समारोह आयोजना गरेको थियो । बालोन डी’ओर जितेपछि पहिलोपटक मैदान उत्रिनुभएका केनले सम्मानस्वरूप गोल्डेन जुत्ता लगाउनुभएको थियो । म्युनिखको टेलिभिजन टावरमा समेत उहाँको विशाल तस्वीर प्रदर्शन गरिएको थियो । समर्थकहरूले पनि विशेष पहिरन लगाएर उहाँको उपलब्धिको उत्सव मनाएका थिए । पहिलो हाफमा केनको भली प्रहार डर्टमन्डका फेलिक्स निमेचाको फैलिएको हातमा लागेपछि बायर्नले पेनाल्टी पाएको थियो । सन् २०२५-२६ को सिजनमा बायर्नका लागि १७ पेनाल्टी गोल गर्नुभएका केन यसपटक भने चुक्नुभयो । उहाँको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि पनि उहाँले गोल गर्ने अवसर पाउनुभयो । बायर्नको तीव्र प्रत्याक्रमणमा उहाँको अर्को प्रहार पनि क्रसबारमा लाग्यो भने त्यसलगत्तै गरेको अर्को प्रहार पोस्टको छेउबाट बाहिरियो । लगातार अवसर पाए पनि गोल गर्न नसक्नुभएका केनले टोलीको दोस्रो गोलमा भने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । केनले गत सिजन क्लब र देशका लागि कुल ७३ गोल गर्नुभएको थियो । यही असाधारण प्रदर्शनका आधारमा उहाँले बालोन डी’ओर जित्नुभएको हो । उहाँ ४५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो बायर्न खेलाडी तथा २५ वर्षपछि उक्त अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बन्नुभएको थियो । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बौद्धिक पलायनको प्रभाव
Latest NewsJust now

बौद्धिक पलायनको प्रभाव

नेपाली समाज बौद्धिक पलायनको विषयलाई लिएर निकै चिन्तित हुन थालेको छ । जीवनको झन्डै पच्चिस वर्ष खर्चेर शिक्षित र दीक्षित बनेको सबल र दक्ष जनशक्ति रोजगारी र सुन्दर भविष्यका लागि भन्दै... ...

गोरखापत्र
भुवन केसीले १० वर्षपछि किन गरे निर्देशनमा कमब्याक?
Latest NewsJust now

भुवन केसीले १० वर्षपछि किन गरे निर्देशनमा कमब्याक?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी एक दशकपछि पुनः निर्देशनमा फर्किएका छन्। वि.सं. २०७२ मा सफल फिल्म 'ड्रिम्स' निर्देशन गरेका केसी अहिले नयाँ फिल्म 'बाटुलो जुन' मार्फत... ...

रातोपाटी
सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य बिग्रियो, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Latest NewsJust now

सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य बिग्रियो, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

२५औँ सत्याग्रहमा इलाममा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेसँगै उनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदैछ ...

हाम्राकुरा
रियल म्याड्रिडको रेसिङ सान्टान्डरमाथि शानदार जित
Latest NewsJust now

रियल म्याड्रिडको रेसिङ सान्टान्डरमाथि शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रेसिङ सान्टान्डरलाई ३–० गोलले पराजित गरेको छ । सान्टान्डरस्थित एल सार्दिनेरो मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र यान डियोमान्डेले गोल गरेका थिए । खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै टोलीको अग्रता दोब्बर ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play