काठमाडौं । सानिमा बैंकले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जुकुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ । थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुन: सानिमा बैंकमा कार्यरत छन् । त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् । बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको छ । The post सानिमा बैंकका दुई वरिष्ठ कर्मचारीको बढुवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारीको बढुवा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






