Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

साउदीको आभा सहरमा आपत्‌कालीन ‘अलर्ट’, तुरुन्तै सुरक्षित स्थान सर्न सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीको आभा सहरमा आपत्‌कालीन ‘अलर्ट’, तुरुन्तै सुरक्षित स्थान सर्न सुझाव
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । साउदी अरबको आभा सहरमा सम्भावित खतरालाई ध्यानमा राख्दै आइतबार राष्ट्रिय आपत्‌कालीन चेतावनी जारी गरिएको छ। बीबीसी उर्दुका अनुसार प्रशासनले मानिसहरूलाई शान्त रहन र सावधानी अपनाउन भनेको छ। साउदीको नागरिक रक्षा विभागले जारी गरेको निर्देशिकामा मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थान वा घरभित्र झ्याल नभएको कोठामा सर्न भनिएको छ। अनि जरुरी कामबिना घरबाट बाहिर ननिस्कन र खतरा नहटेसम्म खुला ठाउँ, झ्याल, बाल्कोनी र छानाबाट टाढा रहन सल्लाह दिइएको छ। नागरिक रक्षा विभागका अनुसार, घरबाहिर रहेकाहरूले पनि तुरुन्तै नजिकैको भवन वा बलियो पर्खाल पछाडि आश्रय लिनुपर्छ। साथै गाडी चलाइरहेको अवस्था हो भने गाडीलाई तुरुन्तै सुरक्षित स्थानमा रोक्न र पुल वा अग्लो भवनबाट टाढा रहन निर्देशन दिइएको छ। अधिकारीहरूले मानिसहरूलाई खतरनाक क्षेत्र र भेला हुनबाट बच्न नागरिकलाई सुझाव दिएका छन्। प्रशासनले कडा चेतावनी जारी गर्दै भनेको छ, मिसाइल, ड्रोन, वा तिनको सम्भावित प्रभावसँग सम्बन्धित कुनै पनि जानकारी, फोटो वा भिडिओ सार्वजनिक गरे कानुनी कारबाही हुन सक्छ। साउदी अधिकारीहरूले नागरिकहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न र आपत्‌कालीन अवस्थामा आपत्‌कालीन नम्बरहरूमा सम्पर्क गर्न सल्लाह दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play