Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सलमानसँग बिहेको सपना देखेकी अरिश्फाको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सलमानसँग बिहेको सपना देखेकी अरिश्फाको खुलासा
Photo / Coverage: हिमालय टाइम्स

एजेन्सी । बलिउड अभिनेता सलमान खानप्रति युवतीहरूको आकर्षण नयाँ होइन । ६० वर्षको उमेरमा आफ्नो लुक्स र व्यक्तित्वका कारण चर्चामा रहने सलमानप्रति बिग बोस-२० की प्रतियोगी अरिश्फा खानले पनि आफ्नो पुरानो क्रस भएको खुलासा गर्नुभएको छ । बिग बोसको यस साताको ‘वीकेन्डका वार’ एपिसोडमा २३ वर्षीया अरिश्फाले सलमानसँग रमाइलो कुराकानी गर्दै बाल्यकालदेखि नै आफू उहाँको प्रशंसक रहेको बताउनुभयो । उहाँले एक समय सलमानसँग विवाह गर्ने सपना देखेको खुलासा गर्नुभयो । सलमानसँगको कुराकानीका क्रममा अरिश्फाले हाँस्दै भन्नुभयो, ‘सर, तपाईं मेरो बाल्यकालदेखिको क्रस हुनुहुन्छ । म त तपाईंसँग विवाह गर्नकै लागि मुम्बई आएकी थिए ।’ आफ्नो कुरा राखेपछि उहाँ केही लजाउँदै सलमानसँग माफीसमेत माग्न पुग्नुभयो । उहाँले आफू सानै हुँदादेखि सलमानलाई मन पराउँदै आएको बताउँदै भन्नुभयो, ‘मलाई थाहा छ, यो निकै ठूलो कुरा हो । तर, म सानै हुँदादेखि तपाईं मेरो क्रस हुनुहुन्छ ।’ अरिश्फाको यस्तो क्युट स्वीकारोक्तिलाई सलमानले पनि रमाइलो मान्नुभयो । उहाँले अरिश्फालाई ‘एडोरेबल’ भन्दै प्रशंसा गर्न्नुभयो । कार्यक्रममा उनीहरूबीच देखिएको रमाइलो सम्बन्धले दर्शकको ध्यानसमेत खिचेको छ । यसै क्रममा अरिश्फाले सलमानसँग भविष्यमा चलचित्रमा सँगै काम गर्ने इच्छा व्यक्त गर्नुभयो । जवाफमा सलमानले भविष्यमा उहाँसँग अवश्य काम गर्ने आश्वासन दिनुभयो । सलमानको यस्तो प्रतिक्रियाले अरिश्फा निकै खुशी देखिनुभएको थियो । कार्यक्रममा सलमानले अर्का प्रतियोगी काजी तौकीरलाई पनि अवसर दिने संकेत गर्नुभएको थियो । उहाँले शोबाट बाहिरिएपछि चलचित्रमा गीत गाउने मौका दिने भन्दै काजीलाई प्रस्ताव गर्नुभएको थियो । बिग बोस-२० मा अरिश्फा सुरुदेखि सक्रिय रूपमा प्रस्तुत हुँदै आउनुभएको छ । उहाँको खेल्ने शैलीबाट सलमान पनि प्रभावित देखिनुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आर्सनल र डर्टमण्डबिच १-१ गोलको बराबरी
Latest NewsJust now

आर्सनल र डर्टमण्डबिच १-१ गोलको बराबरी

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा आर्सनल र बोरुसिया डर्टमण्डले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो । खेल सुरु भएको... ...

रातोपाटी
पिएसभीमाथि रियल म्याड्रिडको ५-१ को शानदार जित, शीर्ष स्थानमा उक्लियो
Latest NewsJust now

पिएसभीमाथि रियल म्याड्रिडको ५-१ को शानदार जित, शीर्ष स्थानमा उक्लियो

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा रियल म्याड्रिडले पिएसभी माथि ५-१ गोलको फराकिलो पुनरागमन जित निकालेको छ । सुरुवाती अग्रता गुमाएर पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट... ...

रातोपाटी
‘सिन्दुरे जात्रा’ महिलाको मौन विद्रोहको कथा : अञ्जना बराइली
Latest NewsJust now

‘सिन्दुरे जात्रा’ महिलाको मौन विद्रोहको कथा : अञ्जना बराइली

काठमाडौं । अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथावस्तु र प्राविधिक पक्ष दुवै हिसाबले बलियो सिनेमा भएको बताउनुभएको छ । उहाँले चलचित्रको नाम र कथावस्तुले आफूलाई आकर्षित गरेपछि अभिनयका लागि जोडिएको जनाउनुभयो । अञ्जनाका अनुसार चलचित्रको नाम सुन्नेबित्तिकै आफूलाई यसप्रति चासो बढेको थियो । कथा पढेपछि समय मिले आफू पनि चलचित्रमा जोडिने सोचका साथ अनुबन्ध भएको उहाँले बताउनुभयो । चलचित्रका केही ...

हिमालय टाइम्स
कीर्तिमानी डा.उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा समावेश
Latest NewsJust now

कीर्तिमानी डा.उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा समावेश

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा समावेश हुनुभएको छ । ‘अमेरिका बुक अफ रेकर्ड्स’ले उहाँलाई गीतसंगीत तथा साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘हल अफ फेम’मा समावेश गरेको हो । कुनै क्षेत्रमा असाधारण योगदान र सफलता हासिल गरेका व्यक्तिहरूलाई विशेष रूपमा सम्मान गरेर राखिने सूचीलाई ‘हल अफ फेम’ भनिन्छ । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement