काठमाडौं । मिलन नेवार र मार्मिक लामाको स्वर रहेको गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह, सनिशा भट्टराई र पुकार भट्टराईको अभिनय छ । गीतको भिडियो गरिमा फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई प्राथमिकता दिइएको भिडियोमा परम्परागत सांस्कृतिक परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । भिडियोको छायांकन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन तथा कलर बिजेश पौडेलले गर्नुभएको छ । गीतको भिडियो गरिमा फिल्मस्ले निर्माण गरेको हो ।
मिलन नेवार र मार्मिक लामाको स्वरमा ‘सुनबुकी फूल’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






