Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि, प्रतिवाद गर्ने चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि, प्रतिवाद गर्ने चेतावनी
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाली कांग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ प्रकरण र विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक नगरेको विषयलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै उनले समाचार प्रकाशनकै आधारमा सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। प्रधानमन्त्रीको सचिवालय र प्रहरीबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति तथा २८ जना पत्रकारको सूची तयार गरी प्रहरीलाई पठाइएको विषयले घटनालाई थप गम्भीर बनाएको उनको भनाइ थियो। पत्रकार रिहा हुँदैमा प्रकरण टुङ्गिने नभई राज्यशक्तिको प्रयोगबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए। थापाले गृहमन्त्रीको सम्पत्तिसम्बन्धी विवाद, भदौ २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नभएको विषय समेत उठाए। छानबिन समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिले सरकारी अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको उनले बताए। सरकारले आफू अनुकूलका विषयमा मात्रै छानबिन प्रतिवेदन प्रयोग गर्ने गरेको आरोप लगाउँदै उनले नागरिकप्रति जवाफदेही हुन सरकारलाई आग्रह गरे। राज्यका निकायलाई व्यक्तिगत इच्छा र आदेशका आधारमा परिचालन गर्न नहुने उल्लेख गर्दै थापाले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध कांग्रेसले राजनीतिक तथा संस्थागत रूपमा प्रतिवाद गर्ने चेतावनी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?
Latest NewsJust now

मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?

विराटनगर । झण्डै एक महिना अगाडि (असोज १९ गते) प्रधानमन्त्री बालेन्द्र शाहले देशभर हालसम्म ५ हजार ७३७ लालपुर्जा वितरण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाले । जग्गा वितरणका विभिन्न पृष्ठभूमि केलाउँदै... ...

रातोपाटी
स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने
Latest NewsJust now

स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने

काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र... ...

रातोपाटी
फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त
Latest NewsJust now

फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय टीएस ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् । ...

कान्तिपुर
साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था
Latest NewsJust now

साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था

साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ? ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play