Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सभामुख अर्यालद्वारा छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको अवलोकन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभामुख अर्यालद्वारा छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको अवलोकन
Photo / Coverage: कर्पोरट खबर

पर्सा । सभामुख डोलप्रसाद (डीपी) अर्यालले छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको भ्रमण, अवलोकन तथा दर्शन गरेका छन् । यस क्रममा सभामुख अर्यालले पर्साको वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरी, नगवा पोखरीलगायतका छठघाट तथा बाराका विभिन्न स्थानमा रहेका छठघाटहरू पुगेर छठी माताको पूजा–आराधना तथा धार्मिक अनुष्ठानमा सहभागी भए । बाराको इटियाही, परवानीपुर र जितपुरस्थित रातो पुल छठघाटमा समेत पुग्नुभएका सभामुख अर्याल मुरलीस्थित छठघाटमा आयोजित छठीमाईको महाआरतीमा सहभागी भए । छठपर्वले प्रकृति, जलाशय, सूर्य र मानव जीवनबीचको सम्बन्धलाई उजागर गर्नुका साथै सामाजिक सद्भाव, एकता, सहिष्णुता र पारिवारिक आत्मीयतालाई थप मजबुत बनाउने विश्वास सभामुख अर्यालले व्यक्त गरे । मधेसको मौलिक संस्कृति र पहिचानसँग जोडिएको छठपर्वले हिमाल, पहाड र तराईबीचको सांस्कृतिक सम्बन्धलाई समेत प्रगाढ बनाउने उनको धारणा थियो। यसै अवसरमा बारामा आयोजित छठपर्व विशेष शुभकामना कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको विविधतायुक्त धर्म, संस्कृति र सामाजिक सद्भाव विश्वकै लागि उदाहरणीय रहेको बताए । उनले मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासको पर्याप्त सम्भावना हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे । विकासका लागि जनप्रतिनिधिलाई जिम्मेवार बनाउँदै स्थानीय समस्या पहिचान गरी संवाद, छलफल र सहकार्यमार्फत समाधान खोज्न नागरिकलाई आग्रह गर्नुभयो। आन्दोलनभन्दा सहकार्य, कानुनी शासन, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । त्यसैगरी, पर्साका उद्योगी तथा व्यवसायीहरूसँगको भेटघाटमा व्यवसायीहरूले उधारो कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन छुट्टै कानुन निर्माण गर्नुपर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को प्रभावकारी व्यवस्थापन गर्नुपर्ने तथा लगानी र व्यवसायलाई प्रोत्साहन गर्ने दीर्घकालीन १५ वर्षे आर्थिक नीति अवलम्बन गर्नुपर्ने लगायतका विषय उठाएका थिए। उनीहरूले उद्योग तथा व्यापार क्षेत्रका विद्यमान समस्या, चुनौती र समाधानका उपायबारे सभामुख अर्यालको ध्यानाकर्षण गराएका थिए। The post सभामुख अर्यालद्वारा छठपर्वको अवसरमा बारा र पर्सा जिल्लाका विभिन्न छठघाटहरूको अवलोकन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि
Latest NewsJust now

‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि

जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि पहिलोपटक सिधा रेल चढेर आउँदै गरेका यात्रुलाई स्वागत गर्न जनकपुरधाम अहिले सिँगारिँदै छ। रामको जन्मभूमि अयोध्याबाट सीताको जन्मभूमि जनकपुरधामसम्म रेलमार्फत आउन लागेका श्रद्धालु तथा... ...

रातोपाटी
रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही
Latest NewsJust now

रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही

आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश : ...

कान्तिपुर
१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने
Latest NewsJust now

१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने

काठमाडौँ । भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन् । दुवै देशका प्रधानमन्त्रीबिच सोमबार नयाँ दिल्लीमा भएको... ...

रातोपाटी
दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम
Latest NewsJust now

दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम

सुजन काफ्ले दोलखा, मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली शुद्धीकरण अभियानअन्तर्गत जिल्लाको ३ हजार ६२१ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ ।दोहोरो नाम दर्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement