Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शीतल निवासमा प्रधानमन्त्री : भारत भ्रमणको ब्रिफिङसँगै अध्यादेशको पैरवी

Share:WhatsAppFacebookX (Twitter)Telegram
शीतल निवासमा प्रधानमन्त्री : भारत भ्रमणको ब्रिफिङसँगै अध्यादेशको पैरवी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो भारत भ्रमण, सरकारका काम कारबाही र राष्ट्रपतिसमक्ष विचाराधीन अध्यादेशबारे छलफल गर्नुभएको छ । भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि शुक्रबार शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री शाहले भ्रमणबारे जानकारी गराउँदै सरकारले सिफारिस गरेका अध्यादेश जारी गरिदिन राष्ट्रपतिसमक्ष आग्रहसमेत गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा सरकारका काम कारबाहीबारे पनि छलफल भएको उहाँले बताउनुभयो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार करिब २० मिनेट चलेको भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमण उपलब्धिमूलक रहेको र दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँले राष्ट्रपतिसमक्ष विचाराधीन अध्यादेशको विषय उठाउनुभएको थियो ।प्रधानमन्त्री शाहले सरकारले सिफारिस गरेका अध्यादेशमा आपत्तिजनक विषय नरहेको जिकिर गर्दै संसद्को प्रक्रियाबाट कानुन निर्माण गर्दा समय लाग्ने भएकाले तत्काल आवश्यक काम अघि बढाउन अध्यादेशको बाटो रोजिएको स्पष्ट पार्नुभएको थियो । ‘अध्यादेशमा आपत्तिजनक कुरा केही छैनन्, त्यस्तो भएको भए सरकारले ल्याउँदैनथ्यो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ । सरकार संसद्प्रति पूर्ण सम्मान राख्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले संसद्मा पनि सरकारले विभिन्न विधेयक प्रस्तुत गरिरहेको बताउनुभएको थियो । तर, तत्काल कार्यान्वयन गर्नुपर्ने विषयमा ढिलाइ नहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको उहाँको भनाइ थियो । ‘संसद्प्रति सम्मान छ । त्यहाँ पनि हामीले थुप्रै विधेयक लगेका छौँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘चाँडै अध्यादेश जारी गरेर सहयोग गर्नुहुने छ भन्ने अपेक्षा छ ।’ तीन अध्यादेश विचाराधीनसरकारले सिफारिस गरेका अध्यादेश जारी नगरेपछि राष्ट्रपति पौडेल र सरकारबीचको सम्बन्धलाई लिएर विभिन्न कोणबाट बहस हुँदै आएको छ । मन्त्रिपरिषद्को कात्तिक १७ गतेको बैठकले सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भएका छैनन् । त्यस्तै, मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकले ‘जेन-जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानविन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त अध्यादेशसमेत जारी हुन बाँकी छ । विशेषगरी प्रेस काउन्सिल नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशलाई लिएर सरोकारवाला पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । उक्त अध्यादेश जारी नगर्न राष्ट्रपतिमाथि विभिन्न क्षेत्रबाट दबाबसमेत परेको छ । यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग अध्यादेशबारे प्रत्यक्ष चासो राख्नुलाई सरकारले आफ्नो विधायीकीय कार्यसूची अघि बढाउन खोजेको संकेतका रूपमा हेरिएको छ । यद्यपि, भेटपछि राष्ट्रपतिले अध्यादेश जारी गर्ने वा नगर्ने विषयमा कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन । सभापति लामिछानेको भेटपछि प्रधानमन्त्रीशुक्रबार प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको थियो । रास्वपा स्रोतका अनुसार लामिछाने र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भेटको विस्तृत विवरण सार्वजनिक नभए पनि प्रधानमन्त्री र राष्ट्रपतिबीचको सम्बन्ध तथा अध्यादेश विवाद चर्चामा रहेका बेला भएको यस भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । त्यसको अघिल्लो दिन मात्रै प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच करिब पाँच घण्टा लामो छलफल भएको थियो । लगातार भएका यी भेटवार्ताले सरकारको राजनीतिक प्राथमिकता, पार्टी नेतृत्वबीचको समन्वय र राष्ट्रपतिसँगको सम्बन्धलाई लिएर थप चासो उत्पन्न गराएको छ । यद्यपि, लामिछाने र राष्ट्रपतिबीचको भेट तथा त्यसलगत्तै प्रधानमन्त्रीको शीतलनिवास आगमनलाई कुनै निश्चित राजनीतिक सहमति वा रणनीतिक निर्णयको परिणामका रूपमा पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक भएको छैन । जानकारी नदिएको विषयले बढाएको थियो असन्तुष्टिप्रधानमन्त्री शाह भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै आलोचनामा पर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको दुईदिने भारत भ्रमणमा जाँदा राष्ट्रपतिसँग भेटेर औपचारिक जानकारी नगराएको विषयलाई राष्ट्रपति संस्थाको मर्यादा र संवैधानिक अभ्याससँग जोडेर प्रश्न उठाइएको थियो । भ्रमणबाट फर्किएपछि पनि तत्काल राष्ट्रपतिसँग भेट नगरेपछि उक्त आलोचना थप चर्किएको थियो । राष्ट्रपति कार्यालयले समेत प्रधानमन्त्रीको भ्रमणसम्बन्धी जानकारी र समन्वयको अभावप्रति असन्तुष्टि जनाएको चर्चा सार्वजनिक भएको थियो । यही पृष्ठभूमिमा पाँच दिनपछि भएको भेटलाई प्रधानमन्त्री शाहले राष्ट्रपतिसँगको संवाद र समन्वयलाई पुनः अघि बढाउन खोजेको कदमका रूपमा पनि विश्लेषण गरिएको छ । नेपाल-भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमतिनेपाल र भारतबीच लामो समयदेखि कायम सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सीमा समस्यालाई संयुक्त भिजन डकुमेन्टमा समेट्दै समाधान प्रक्रिया अघि बढाउने सहमति भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार दुवै देशका प्रधानमन्त्रीले सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भको मर्मतसम्भार कार्य अघि बढाउन निर्देशन दिएका छन् । यसका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकमार्फत स्थापित संयन्त्रको उपयोग गरी समाधान खोजिने छ । यसैबीच, नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुने सरकारले विश्वास व्यक्त गरेको छ । इपिजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले आफूसँग रहेको प्रतिवेदनको साँचो जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । सरकारले इपिजी गठनको उद्देश्यअनुसार प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा काम अघि बढाउनुपर्ने धारणा राखेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सार्वजनिक संयुक्त भिजन डकुमेन्टले नेपाल-भारत सम्बन्धलाई थप व्यवस्थित र समयसापेक्ष रूपमा अघि बढाउने आधार तय गरेको पनि मन्त्रालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रको केही स्थानमा हुस्सु... ...

रातोपाटी
शुभकार्यमा लग्नबलको प्राधान्य
Latest NewsJust now

शुभकार्यमा लग्नबलको प्राधान्य

यात्रा एवम् माङ्गलिक कार्यमा साइत हेर्नुपर्ने शास्त्रीय विधि विधान पाइन्छ । लोक व्यवहार पनि शास्त्रकै आधारमा सम्पादन हुने गर्दछन् । यसरी साइत हर्दै गर्दा धेरै कुराको विचार गर्नुपर्ने शास्त्रीय व्यवस्था छन् । कार्य अनुसार वर्ष, महिना, तिथि, नक्षत्र, योग, करणका साथै भद्रादि अशुभ काल, पापग्रह युत विद्ध समय, पापांशकाल पनि विचार गर्नुपर्दछ । यी सबै विचार गरिसकेपछि उत्तम दिन तय ...

हिमालय टाइम्स
मलेसियामा रोजगारीका अवसर बढेपछि महिला-पुरुष असमानता घट्दै
Latest NewsJust now

मलेसियामा रोजगारीका अवसर बढेपछि महिला-पुरुष असमानता घट्दै

महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको असमानता घट्दै गएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा देशको समग्र लैङ्गिक समानता सूचकाङ्क ०.७११ पुगेको छ । सन् २०२४ मा यस्तो सूचकाङ्क ०.७०८ रहेको थियो । नयाँ सूचकाङ्कअनुसार मलेसियाले महिला र पुरुषबीच रहेको असमानताको ७१.१ प्रति... ...

नेपालखबर
ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते (नामावली)
Latest NewsJust now

ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते (नामावली)

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ  ट्याक्टर दुर्घटना भएको हो।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement