Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

नारायणगढ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। आज औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले हालसम्मको कार्यप्रगति जानकारी लिनुभएको र अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो । देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ । औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न इच्छुक उद्योगीले विगत आठ वर्षदेखि जग्गा माग गर्दै चितवन उद्योग सङ्घको सचिवालयमा आवेदन दिँदै आएका छन् । सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ । शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ । यसैगरी, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरेका थिए । उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए । प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि निर्माण कार्यलाई पूर्णता दिनुपर्नेमा जोड दिँदै उनले भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धनमा महत्त्वपूर्ण मानिएका शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित
Latest NewsJust now

श्रीलंका, भारत र ब्राजिलका अभियन्ता सम्मानित

'नुल' का संस्थापक देश बालासुब्रमण्यमले 'ट्रस्टबिल्डर अफ द इयर' को अवार्डस् जिते। श्रीलङ्कामा जन्मिएर मानवीय शरणार्थीका रूपमा न्युजिल्यान्ड पुगेका उनले १,००० किलोमिटर लामो 'शान्ति यात्रा' (पिस राइड) गरिरहेका छन् ...

कान्तिपुर
गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने
Latest NewsJust now

गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

चितवन । चितवन जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि ...

नेपालन्युज
आँखा उपचारमा गैरसरकारी स्तरकै प्रयास पर्याप्त छन् : नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत
Latest NewsJust now

आँखा उपचारमा गैरसरकारी स्तरकै प्रयास पर्याप्त छन् : नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत

म्यागासेसे पुरस्कार विजेता डा. रुइतसँग मोरङको मिक्लाजुङ गाउँपालिकामा आँखा शिविर चलिरहेकै बेला कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’ का लागि रूपेश श्रेष्ठले गरेको अन्तर्वार्ताको सम्पादित अंश : ...

कान्तिपुर
जबरजस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ
Latest NewsJust now

जबरजस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

बैतडी । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका–४ द्वरीका ६८ वर्षीय मोहनसिंह बोहरा रहेका छन्। उनलाई शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ती महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement