Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

वैकल्पिक आवासबिना होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णयको चौतर्फी विरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैकल्पिक आवासबिना होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णयको चौतर्फी विरोध
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सरकारले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा निर्मित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा भूमिहीन परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी जबरजस्ती हटाउन खोजेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । जाडो मौसमको पूर्वसन्ध्यामा नागरिकलाई पूर्वतयारीबिना सडकमा पुर्‍याउने सरकारी निर्णयप्रति प्रमुख राजनीतिक दल, शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा नागरिक अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै बोडेस्थित होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका १९ परिवारलाई शुक्रबार दिउँसो २ बजेभित्र ठाउँ खाली गर्न अल्टिमेटम दिएको थियो । भूमि समस्या समाधान समितिको प्रतिवेदनअनुसार १९ मध्ये सात परिवारको नाममा विभिन्न स्थानमा जग्गा देखिएकाले उनीहरू भूमिहीन नरहेको र बाँकी १२ परिवारलाई निस्सा तथा एक महिनाको घरभाडाबापतको रकम दिइएको प्रशासनको दाबी छ । तर, विकल्पबिना अस्थायी आश्रयसमेत खोस्ने यो कदम मानवीय न्याय, मौलिक हक र सामाजिक सुरक्षाको मर्मविपरीत रहेको भन्दै सर्वत्र तीव्र आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसद्वारा गम्भीर आपत्तिप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीहरूलाई हटाउने सरकारी निर्णयको आधिकारिक रूपमा कडा विरोध गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको यस कदमप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको हो । कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएको, महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले आएर अस्थायी आश्रयस्थलबाट समेत जबरजस्ती हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ । पार्टीले सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट मात्र सम्बोधन हुनुपर्ने कांग्रेसको प्रष्ट धारणा छ । यसैबीच, होल्डिङ सेन्टरको परिस्थिति समन्वय र सहजीकरणका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको विशेष समितिसमेत गठन गरेको छ । यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई विचल्लीमा पार्ने अधिकार राज्यलाई नभएको बताउनुभएको छ । उहाँले देशभर आफ्नै नाममा जग्गा नभएका भूमिहीन दलित तथा सुकुम्बासीको हकमा पहिले जग्गाको व्यवस्थापन र आवासको सुनिश्चितता गरेर मात्र अन्य प्रशासनिक प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ । त्यसैगरी, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि जाडोको समयमा बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्न आग्रह गर्नुभएको छ । उहाँले सुकुम्बासी समस्याको समाधान विस्थापन मात्र नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको स्पष्ट पार्दै वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ । फोहोर फ्याँकेजस्तो तरिकाले सुकुम्बासी समस्या हल हुँदैन : डा. भट्टराईपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहरीकरणसँग जोडिएको सुकुम्बासी समस्या समाधानका लागि राज्यले सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यकाका विभिन्न बस्तीबाट विस्थापित सुकुम्बासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर छाड्न सरकारले निर्देशन दिएपछि डा. भट्टराईले तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको हो । बस्तीबाट हटाइएका वास्तविक सुकुम्बासीको स्थायी बसोबासबारे महिनौँसम्म टुंगो लाग्न नसक्नुलाई उहाँले राज्यको विडम्बनापूर्ण अवस्थाका रूपमा चित्रण गर्नुभएको छ । ग्रामीण अर्थतन्त्र र सहरी क्षेत्रमा आवासविहीन नागरिकको अवस्थाबारे विश्लेषण गर्दै डा. भट्टराईले भन्नुभएको छ, ‘स्मरण रहोस्, हाम्रो जस्तो अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएर वैकल्पिक रोजगारीका निम्ति सहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा सहरमा आवासविहीन अर्थात् सुकुम्बासी बन्दछन् ।’ सरसफाइ, घरेलु काम, हेरचाह तथा ढुवानीजस्ता अत्यावश्यक सेवा क्षेत्रमा श्रम उपलब्ध गराएर सुकुम्बासी नागरिकले सहरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको डा. भट्टराईको भनाइ छ । विश्वका विभिन्न मुलुक र सहरमा निश्चित ऐतिहासिक चरणमा देखिने यस्तो समस्यालाई आधुनिक राज्यले कानुनसम्मत र न्यायपूर्ण ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले थप्नुभएको छ, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक-सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन ।’ सुकुम्बासी समस्यालाई सहरीकरणको क्रममा उत्पन्न हुने ऐतिहासिक प्रक्रियाका रूपमा बुझेर विपन्न नागरिकको सम्मानजनक आवास सुनिश्चित गर्दै दिगो समाधान खोज्नु नै संविधान र समावेशी लोकतन्त्रको मर्म भएको उहाँको तर्क छ । माइतीघरमा नागरिक ऐक्यबद्धता प्रदर्शनसरकारले बल प्रयोग गरी होल्डिङ सेन्टरबाट भूमिहीनहरूलाई हटाउन खोजेको विरोधमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा बृहत् नागरिक ऐक्यबद्धता प्रदर्शन गरिएको छ । जबरजस्ती उठीबास र भूमिहीन सुकुम्बासीमाथि भइरहेको अमानवीय व्यवहारको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले विकासका नाममा गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्ने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।माइतीघरमा भेला भएका अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र पीडित सुकुम्बासीहरूले ‘विकासको नाममा उठीबास बन्द गर्’, ‘नेताको महल ठिक, गरिबहरूको टहरा बेठिक ?’, ‘संविधान अधिकार, व्यवहारमा उठीबास’ र ‘उठीबास होइन, अधिकार सुनिश्चित- जनताको घर हुनुपर्छ सुरक्षित’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । त्यसैगरी, प्रदर्शनकारीहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै आक्रोश पोखेका थिए । प्रदर्शनस्थलमा ‘होल्डिङ सेन्टरमा बस्दै छ, धैर्यता अब टुट्दै छ’, ‘होइ सरकार होइ, हाम्रो भोट खोइ ?’, ‘जबरजस्ती उठीबास बन्द गर्, गणतन्त्र सुनिश्चित गर्’ र ‘जनता जागेपछि सत्ता भाग्छ’ जस्ता कडा नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरिएको थियो । राज्यले नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नुपर्ने संवैधानिक दायित्वबाट पन्छिन नमिल्ने भन्दै चौतर्फी दबाब सिर्जना भएको छ । सरकारले बल प्रयोग गरेर अस्थायी सेन्टर खाली गराउनुभन्दा वास्तविक भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापनका लागि संवाद र मानवीय दृष्टिकोण अपनाउनुपर्ने माग चौतर्फी रूपमा उठेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रको केही स्थानमा हुस्सु... ...

रातोपाटी
शुभकार्यमा लग्नबलको प्राधान्य
Latest NewsJust now

शुभकार्यमा लग्नबलको प्राधान्य

यात्रा एवम् माङ्गलिक कार्यमा साइत हेर्नुपर्ने शास्त्रीय विधि विधान पाइन्छ । लोक व्यवहार पनि शास्त्रकै आधारमा सम्पादन हुने गर्दछन् । यसरी साइत हर्दै गर्दा धेरै कुराको विचार गर्नुपर्ने शास्त्रीय व्यवस्था छन् । कार्य अनुसार वर्ष, महिना, तिथि, नक्षत्र, योग, करणका साथै भद्रादि अशुभ काल, पापग्रह युत विद्ध समय, पापांशकाल पनि विचार गर्नुपर्दछ । यी सबै विचार गरिसकेपछि उत्तम दिन तय ...

हिमालय टाइम्स
मलेसियामा रोजगारीका अवसर बढेपछि महिला-पुरुष असमानता घट्दै
Latest NewsJust now

मलेसियामा रोजगारीका अवसर बढेपछि महिला-पुरुष असमानता घट्दै

महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको असमानता घट्दै गएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा देशको समग्र लैङ्गिक समानता सूचकाङ्क ०.७११ पुगेको छ । सन् २०२४ मा यस्तो सूचकाङ्क ०.७०८ रहेको थियो । नयाँ सूचकाङ्कअनुसार मलेसियाले महिला र पुरुषबीच रहेको असमानताको ७१.१ प्रति... ...

नेपालखबर
ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते (नामावली)
Latest NewsJust now

ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते (नामावली)

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ  ट्याक्टर दुर्घटना भएको हो।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घा... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement