Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर भएपछि उनले सदनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले विश्वासको मत नदिने संकेत गरेपछि मुख्यमन्त्री यादव राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। यसअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश सिंहले पनि विश्वासको मत लिने घोषणा गरे पनि आवश्यक बहुमत जुटाउन नसकेपछि पदबाट राजीनामा दिएका थिए। मधेश प्रदेश सरकार टिकाउन प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक छ। तर मुख्यमन्त्री यादव आबद्ध नेपाली कांग्रेससँग २२ सांसद मात्रै छन्। बहुमत पुर्‍याउन कांग्रेसलाई नेकपा (एमाले) वा जनता समाजवादी पार्टी (जसपा) नेपालमध्ये कम्तीमा एउटा ठूलो दलसहित अन्य साना दलको समर्थन आवश्यक थियो। प्रदेश सरकारका एक मन्त्रीका अनुसार कांग्रेस सभापति गगन थापाले मधेश प्रदेश सरकार जोगाउने प्रयासस्वरूप केन्द्रबाटै एमाले र जसपा नेपालका शीर्ष नेताहरूसँग संवाद गरेका थिए। त्यसका लागि उनी गुण्डुसमेत पुगेका थिए। तर दुवै दलसँग सहमति जुट्न सकेन। एमाले र जसपा नेपालले सरकारलाई समर्थन गर्न नसकिने अडान लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन्। कुनै पनि दलबाट विश्वासको मत पाउने निश्चित आधार नदेखिएपछि सरकारको नेतृत्व छाड्नु नै उपयुक्त हुने निष्कर्षमा उनी पुगेको ती मन्त्रीले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने
Latest NewsJust now

राप्रपाको महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ प्रतिनिधि छानिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित हुने भएका छन्। पार्टीले सार्वजनिक गरेको प्रतिनिधि छनोटसम्बन्धी व्यवस्थाअनुसार सक्रिय सदस्यहरूमध्येबाट महिला ३, उत्पीडित १ तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका समुदायको प्रतिनिधित्व हुने गरी २ जना निर्वाचित हुनेछन्। यसरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट कुल ९ जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। ...

कर्पोरट खबर
कर्णालीको काखमा मौन संसार
Latest NewsJust now

कर्णालीको काखमा मौन संसार

रारालाई पहिलोपटक देख्ने मानिसले त्यसको आकारभन्दा पहिले रङ सम्झन्छ। पहाडको काखमा फैलिएको नीलो पानी, किनारमा उभिएका अग्ला सल्लाका रूख र पानीमा देखिने हिमाली आकाशको प्रतिबिम्ब। बिहानको प्रकाशमा तालको सतह गाढा देखिन सक्छ। घाम चढ्दै जाँदा नीलो रङ अझ स्पष्ट हुन्छ भने साँझको प्रकाशले त्यसलाई अर्कै स्वरूप दिन्छ। एउटै ताल दिनभरि फरक-फरक देखिनु राराको आकर्षक विशेषतामध्ये एक हो। यहाँको सौन्दर्य कुनै एउटा ...

नेपालन्युज
युनाइटेड जोगाउने जिम्मा अब पोचेटिनोको काँधमा
Latest NewsJust now

युनाइटेड जोगाउने जिम्मा अब पोचेटिनोको काँधमा

म्यानचेस्टर । ‘डेभिड गिल र सर एलेक्स फर्गुसन बाहिरिएपछिका ११ वर्षलाई हेर्ने हो भने यहाँ प्रशिक्षकहरूको लामो लर्को नै लाग्यो,’ म्यानचेस्टर युनाइटेडमा ईनिओसको तर्फबाट सेयर स्वामित्व लिएलगत्तै सन् २०२४ को... ...

रातोपाटी
भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियो
Latest NewsJust now

भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियो

भारतको मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती आँधी बन्ने सम्भावना देखिएको जनाएको छ।  विभागका नोभेम्बर १६ को साँझसम्ममा न्यून चापीय क्षेत्र तीव्र गतिमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएको हो।  नोभेम्बर १३ बिहान ५:३० बजे दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र बिहान ८:३० बजेसम्म यहीँ थियो। तर यो न्यूनचापीय क्षेत्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play