काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार ३ किलो ५०० ग्राम गाँजासहित भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार विमानस्थलबाट बाहिरिने क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार सलमान नयाँ दिल्लीबाट काठमाडौं आएका थिए। काठमाडौं विमानस्थलमा ओर्लिएपछि उनी थाइल्यान्डबाट आएको गाँजा राखिएको लगेज बुझेर बाहिरिँदै थिए। सोही क्रममा ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा थाइल्यान्डबाट गाँजा बोकेर आएको विमानको आगमन समयसँग मिलाएर सलमान दिल्लीबाट काठमाडौं आएको खुलेको छ। थाइल्यान्डबाट पठाइएको गाँजा राखिएको लगेज विमानस्थलबाट बुझ्ने जिम्मेवारी उनले लिएको हुन सक्ने प्रहरीको आशंका छ। पक्राउ परेका सलमानमाथि थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।
विमानस्थलबाट साढे ३ किलो थाइल्यान्डको गाँजासहित सलमान पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


![बङ्गालको खाडीमा विकसित चक्रवातले नेपालमा असर पार्दैन : मौसमविद् [भिडियो]](https://hamrakura.com/uploads/news/images/devid-khanal-mausam.jpg)



