Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘रसुवा–भोटेकोशी बाढीलगायतका विपद्मा पूर्वसूचना प्रणालीः अनुभव, सिकाइ र प्राथमिकता’ विषयक कार्यशालाका वक्ताहरूले विपद्का बेला प्रभावकारी सूचना सम्प्रेषण, पूर्वसूचनाको विश्वसनीयता र सञ्चारमाध्यमको भूमिकालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव शिवकुमार पोख्रेलले विपद्को गम्भीरताका आधारमा सोहीअनुसार पूर्वसूचना जारी गर्नुपर्ने बताए । विपद्का बेला आधिकारिक सूचना सम्प्रेषणका लागि छुट्टै आपत्कालीन सञ्चार टोली गठन गरेर काम गर्नुपर्ने उनको भनाइ छ । विपद्का कारण टेलिफोन, विद्युत्, रेडियो तथा टेलिभिजनका टावरसमेत प्रभावित हुनसक्ने भएकाले सङ्कटका बेला आवश्यक पर्ने सञ्चार उपकरण तथा पूर्वाधारको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले रसुवा बाढीका क्रममा तल्लो क्षेत्रका मानिसले सूचना पाए पनि त्यसलाई गम्भीरतापूर्वक नलिँदा मानवीय क्षति हुन पुगेको बताए । जलविज्ञान तथा जलस्रोत केन्द्रका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले हिमाली क्षेत्रका मौसमी तथा हिमबाढीको अवस्थाबारे जानकारी लिन छिमेकी देश चीनसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले विभागले जारी गर्ने सूचना सर्वसाधारणले बुझ्न कठिन भएको तथा प्राविधिक शब्द बढी प्रयोग हुने गरेको गुनासो आएपछि अहिले पूर्वसूचना तथा एसएमएस सन्देशलाई सरल र छोटो बनाइएको बताए । कार्यशालामा सहभागीले मोबाइलमा विभिन्न प्रकारका सूचना निरन्तर आइरहने हुँदा मानिसमा सूचनाप्रति चासो घट्ने गरेको उल्लेख गर्दै विपद् सूचना पहिचान गर्न सकिने छुट्टै धुन वा सङ्केत विकास गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पानीसमेत बन्द गरेर सुकुमबासीमाथि राज्यको अल्टिमेटम
Latest NewsJust now

पानीसमेत बन्द गरेर सुकुमबासीमाथि राज्यको अल्टिमेटम

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र अर्थात् होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बागमती नदी किनारका विस्थापित सुकुमबासी परिवारहरू यतिबेला गम्भीर संकट र त्रासमा छन् । जिल्ला... ...

रातोपाटी
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो
Latest NewsJust now

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो

टोकियो । जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक... ...

रातोपाटी
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
Latest NewsJust now

अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा

अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन् । अष्ट्रेलिया तथा न्युजिल्यान्डका अग्नि तथा आपत्कालीन सेवा निकायहरूको सर्वोच्च संस्था अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड नेसनल काउन्सिल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement