Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै
Photo / Coverage: पर्दाफास

भोटेकोशी बाढीले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनःप्राथमिकीकरण गर्ने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सिमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् । ल्हेन्दे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँ जुटाउने तयारी गरेको हो । त्यसका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजित बजेटबाट केही कार्यक्रम कटौती गरिने भएको छ । प्रदेश सुशासन केन्द्र, जावलाखेलमा गत सोमबार बसेको समन्वय बैठकले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार पुँजीगततर्फ अग्रिम दायित्व सिर्जना नभएका कार्यक्रमबाट बजेट कटौती गरिनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको बजेटमा २० प्रतिशत कटौती गर्ने तयारी छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य ६ मन्त्रालयका कार्यक्रमबाट १५ प्रतिशत बजेट कटौती गरिनेछ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव नुमानन्द अधिकारीकाअनुसार कृषि र स्वास्थ्य मन्त्रालयबाहेक अन्य मन्त्रालयले बजेट कटौतीका लागि कार्यक्रम विवरण सिफारिस गरिसकेका छन् । बजेट कटौती गर्दा स्रोत सहमति भइसकेका आयोजना तथा चालु खर्चलाई भने यथावत् राखिनेछ । दायित्व सिर्जना नभएका कार्यक्रमबाट मात्रै बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीले बताएका छन् । वागमती सरकारले चालु आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको थियो । पूर्वाधारसँगै प्रभावितको जीवनस्तर सुधार्ने लक्ष्य प्रदेश सरकारले जुटाउन लागेको ६ अर्ब रुपैयाँ सडक, पुल तथा भौतिक संरचनाको पुनर्निर्माणमा मात्रै सिमित नहुने जनाएको छ । बाढी प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी बजेट परिचालन गर्ने सरकारको योजना छ । मुख्यमन्त्री किरण थापा मगरले स्थानीय आवश्यकताका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने बताए । यसका लागि सरकारले १३ र १४ मंसिरमा रसुवा, नुवाकोट, धादिङ र चितवन पुगेर प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग सुझाव लिने तयारी गरेको छ । स्थानीय तह तथा वडाको सिफारिस र सहभागितामा आयोजना छनोट गरिनेछ । पुनर्निर्माणका नाममा एउटै काममा दोहोरो बजेट खर्च हुन नदिन र उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न सम्बन्धित निकायबीच समन्वय गरिने सरकारको भनाइ छ । तत्काल पुनर्निर्माण तथा पुनःस्थापना गर्नुपर्ने आयोजनाको माग संकलन र सूची तयार गर्ने जिम्मेवारी प्रदेश नीति तथा योजना आयोगको समन्वयमा अघि बढाइने आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकी प्रवक्ता उपसचिव अनिता तामाङले जानकारी दिए । छनोट भएका आयोजना सम्बन्धित मन्त्रालय तथा निकायमार्फत कार्यान्वयन गरिनेछ । दीर्घकालीन जोखिम न्युनिकरणमा पनि जोड बाढी प्रभावित क्षेत्रका समस्या तत्काल सम्बोधन गर्नुका साथै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणलाई पनि प्रदेश सरकारले योजनामा समेटेको छ । जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको जीविकोपार्जन सुनिश्चितता तथा पूर्वाधार र सम्पदाको संरक्षणका विषयमा सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका आधारमा दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि गुरुयोजना तयार गर्ने सरकारको निर्णय छ । बजेट कटौतीबाट जुटाइने ६ अर्ब रुपैयाँलाई प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता र दीर्घकालीन विकाससँग जोड्ने प्रदेश सरकारको तयारी छ । अब स्थानीय तहबाट प्राप्त हुने माग र सिफारिसका आधारमा कुन क्षेत्रमा कति बजेट खर्च गर्ने भन्ने आयोजना तथा कार्यक्रम तय हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लुम्बिनी विकास कोषबाट निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
OthersJust now

लुम्बिनी विकास कोषबाट निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

११ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो । कोषले आजैदेखि लागु… ...

अनलाइन खबर
कर्णालीमा ड्रागन फ्रुटको यात्रा
OthersJust now

कर्णालीमा ड्रागन फ्रुटको यात्रा

सन् २०२२ मा सुर्खेतको एउटा परिवारबाट सुरु भएको ड्रागन फ्रुट खेती चार वर्षमै कर्णालीका ८५ घरधुरीमा फैलिएको छ। कम उत्पादनशील जमिनमा फस्टाउने र बाँदरको जोखिमबाट जोगिने यो फलले किसानको आम्दानी मात्र बढाएको छैन, गाउँमा होमस्टे र कृषि पर्यटनको ढोकासमेत खोलेको छ। ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट र शारीरिक सुगठन आज सुरू हुँदै
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट र शारीरिक सुगठन आज सुरू हुँदै

११ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत आजदेखि फुल कन्ट्याक्ट र शारीरिक सुगठनको प्रतिस्पर्धा पनि सुरु हुँदैछ । यी दुई खेलको प्रतिस्पर्धा सुरु भएपछि आज दशौँ राष्ट्रिय खेलकुदमा कूल ९ खेलमा प्रतिस्पर्धा हुनेछ । कर्णाली प्रदेशको सुर्खेतलाई मुख्य केन्द्र बनाएर भइरहेको दशौँ अन्तर्गतमा खेलहरु लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा पनि सञ्चालन भइरहेको… ...

अनलाइन खबर
सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह
OthersJust now

सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह

११ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन् । काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुमवासी परिवारलाई हाल आश्रय दिइएको भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र खाली गर्न निर्देशन दिइएको सन्दर्भमा घिसिङले सो आग्रह गरेका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement