Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

Share:WhatsAppFacebookX (Twitter)Telegram
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वनसम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो । तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ । सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट सुरु भई दैलेखको चुप्रामा टुंगिने यो आयोजनाको कुल लागत ८० करोड रुपैयाँ छ । निर्माणको जिम्मा सिग्मा काठमाडौंले लिएको छ । ३२ किलोमिटर लामो यस खण्डमा १०१ वटा एंगल टावर बनाउनुपर्नेछ । तर हालसम्म ४१ वटा मात्र बनेका छन् । ४० टावरका फाउन्डेसन तयार भएका छन् भने वनको कानुनी अल्झनले २० टावरका फाउन्डेसन खन्नसमेत सकिएको छैन । आयोजनाको सुस्तताको मुख्य कारण भौगोलिक विकटता वा निर्माण व्यवसायीको लापरबाही होइन, सरकारी संयन्त्रभित्रकै कानुनी तथा प्रशासनिक अड्चन हो । प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुख कटानका लागि मन्त्रिपरिषद्बाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर लामो समयदेखि औपचारिक निर्णय हुन नसक्दा २० वटा टावरको काम सुरु हुन सकेको छैन । आयोजनाका अनुसार साना तथा ठूला गरी झन्डै १९ हजारभन्दा बढी रुख कटान गर्नुपर्नेछ । वातावरणीय प्रभाव मूल्याङ्कन, नापजाँच र वन मन्त्रालयअन्तर्गतका सबै प्रशासनिक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘मन्त्रिपरिषद्बाट अनुमति पाउनासाथ निर्माणले गति लिन्छ,’ उनले भने । रुख कटानको अड्चनले टावर निर्माण रोकिए पनि दैलेखको डुंगेश्वर गाउँपालिका–१ चुप्रामा निर्माणाधीन १३२ केभी सबस्टेसनको ६० प्रतिशत काम सकिएको छ । कोहलपुर–सुर्खेतको पुनरावृत्ति यो समस्या नयाँ होइन । २०७६ असार २२ मा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच करिब ७० करोड रुपैयाँमा सम्झौता भएको कोहलपुर–सुर्खेत १३२ केभी खण्ड दुई वर्षमा सक्नुपर्ने थियो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले १६१ वटा टावरका लागि जग्गा र रुख कटानको अनुमति दिन ढिलाइ गर्दा त्यो आयोजना साढे चार वर्ष ढिलो गरी २०८२ माघ १८ मा मात्र सञ्चालनमा आयो । यो ढिलाइको मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । सुर्खेतमा पहिलो पटक ३३ केभीए प्रसारण लाइन विस्तार भएको २०४५ सालमा हो, अर्थात् करिब ३८ वर्षअघि । त्यति पुरानो पूर्वाधारका कारण प्रदेश राजधानीसहित धेरै जिल्लाका नागरिक लो भोल्टेज र अघोषित लोडसेडिङ खेप्न बाध्य छन् । सुर्खेत–दैलेख प्रसारण लाइन एक जिल्लाको विद्युतीकरणसँग मात्र जोडिएको आयोजना होइन, यो समग्र कर्णाली प्रदेशको ऊर्जा सुरक्षाको मेरुदण्ड हो । सरकारको दीर्घकालीन योजनाअनुसार यो लाइनलाई कालीकोट हुँदै जुम्लासम्म पुर्‍याउने लक्ष्य छ । तर दोस्रो चरणको कालीकोट–जुम्ला प्रसारण रुटमा सरकारले हालसम्म कुनै ठोस नीतिगत तथा बजेट योजना अघि बढाएको छैन । विस्तृत अध्ययन प्रतिवेदनअनुसार यो खण्ड कुल ८२.१४ किलोमिटर लामो हुनेछ । यसलाई डबल सर्किटसहितको १३२ केभी प्रसारण लाइनका रूपमा बनाउने प्रस्ताव छ । यस खण्डमा मात्र २७९ वटा टावर बनाउनुपर्नेछ । विद्युत् विकास विभागका अनुसार यो खण्डका लागि कुल १५०.३३ हेक्टर जमिन आवश्यक पर्छ । जसमध्ये टावरको स्थायी संरचनाका लागि करिब १२.४ हेक्टर अधिग्रहण गर्नुपर्नेछ भने राइट अफ वेअन्तर्गत १३२.६९ हेक्टर जमिन आयोजनाको उपयोगमा आउनेछ । विद्युत् नियमावली, २०५० अनुसार प्रसारण लाइनको क्षेत्राधिकार मध्यबिन्दुबाट दायाँबायाँ नौ–नौ मिटर गरी न्यूनतम १८ मिटर कायम गरिन्छ । १३२ केभी प्रसारण लाइनको अभावमा स्थानीय नागरिकले नियमित र गुणस्तरीय बिजुली उपभोग गर्न पाएका छैनन् । कर्णालीका विभिन्न नदी तथा खोलामा निर्माणाधीन र निर्माणको पर्खाइमा रहेका दर्जनौँ जलविद्युत् आयोजनाको भविष्य पनि अन्योलमा छ । उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न नसकिने डरले निजी क्षेत्रका स्वतन्त्र ऊर्जा उत्पादकसमेत कर्णालीमा ठूलो लगानी गर्न हिचकिचाइरहेका छन् । नेपाल न्यूज बैंक न्युज एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सापकोटाको अडियो प्रकरणले उब्जाएका प्रश्नहरू
Latest NewsJust now

सापकोटाको अडियो प्रकरणले उब्जाएका प्रश्नहरू

देशको पछिल्लो राजनीतिमा दुई मोबाइलका दुई दिन निकै चर्चित रहे। यी मोबाइलले सत्तासँग जोडिएका अनेकौँ प्रश्नहरू बहसका लागि छाडेर गएको छ। प्रश्न हो, एउटा बिचौलिया जो कुनै औपचारिक जिम्मेवारीमा छैन तर... ...

रातोपाटी
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
Latest NewsJust now

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान । स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्याङ्करमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले जनाएको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार, आइतबार आईआरजीसीले... ...

रातोपाटी
दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्ने
Latest NewsJust now

दूरसञ्चार कम्पनीको संकट टार्न नयाँ व्यवस्था गरिँदै, २० अर्बको नवीकरण बोझ हट्ने

सरकारले दूरसञ्चार कम्पनीहरुले हाल तिर्दै आएको २० अर्ब रुपैयाँ नवीकरण दस्तुरको बोझ हटाउने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले मौजुदा दूरसञ्चार ऐन संशोधनमार्फत वार्षिक कुल आम्दानीमा आठ प्रतिशत दस्तुर लगाउने व्यवस्था गर्नलागेको हो।   ऐन संशोधनका लागि नयाँ विधेयकको मस्यौदा तयार गरेको मन्त्रालयले नवीकरणसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ।  नयाँ विधेयकल... ...

नेपालखबर
तस्बिरमा हेर्नुहोस्, राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको रारा ताल
Latest NewsJust now

तस्बिरमा हेर्नुहोस्, राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको रारा ताल

• दशैं-तिहारको आगमनसँगै मुगुको रारा तालमा पर्यटकको चहलपहल बढेको छ। • रारा तालको मनमोहक दृश्य, सफा आकाश र हरियाली डाँडाले पर्यटकलाई आकर्षित गर्दैछ। • रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो र यसको सौन्दर्यका कारण राजा महेन्द्रले यसलाई 'स्वर्गकी अप्सरा' भनेर चित्रण गरेका थिए। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play