काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। ७ ओभरको खेल सकिँदा सुदूरपश्चिमले ३ विकेट गुमाएर २६ रन बनाएको छ। लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि इशान पाण्डे ६ र दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर क्रिजमा छन्। लुम्बिनीका अभिषेष गौतमले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिएका छन्। सुदूरपश्चिमका विनोद भण्डारी ३ रन बनाएर आउट भए। उनी ३.१ ओभरमा ८ रन हुँदा तेस्रो विकेटका रूपमा पेभेलियन फर्किएका थिए।
लुम्बिनीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ धराशायी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






