Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’
Photo / Coverage: पर्दाफास

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपा सम्बद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको स्पष्ट पार्दै देशको हित र स्थायित्वका लागि आफूहरूले राजसंस्था आवश्यक ठानेको बताए । राजाबाट व्यक्तिगत रूपमा विगत, वर्तमान वा भविष्यमा कुनै लाभको अपेक्षा नरहेको उल्लेख गर्दै उनले राजसंस्थाबारे नयाँ पुस्तामा भ्रम फैलाइएको दाबी गरे । राजा हुनु भनेको लोकतन्त्र नहुनु होइन भन्ने कुरा समाजमा बुझाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष लिङदेनले देशमा साढे तीन दशकदेखि नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूले शासन गर्दै आए पनि भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्या समाधान हुन नसकेको टिप्पणी गरे। उनले मुलुक भूराजनीतिक रूपमा समेत जोखिमतर्फ अघि बढिरहेको भन्दै समस्याहरू समयमै सम्बोधन नगरिए देश दुर्घटनामा पर्न सक्ने र नेताहरूले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको धारणा राख्दै उनले समस्या व्यक्तिमा मात्रै नभई विद्यमान व्यवस्थामा समेत रहेको बताए । नेताहरू परिवर्तन हुँदै गए पनि समस्या यथावत रहनुले प्रणालीमै सुधार आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । कसैलाई निषेध वा अपमान गरेर नभई सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले देशलाई पुनः द्वन्द्वमा जानबाट रोक्न नयाँ समझदारी गर्नुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहियो’
OthersJust now

‘देशको गृहमन्त्रीलाई पनि अर्को गृहमन्त्री चाहियो’

मंसिर १७ गते विवाह गर्न लागेको जानकारी दिँदै उनले खुसीको खबर पहिलोपटक सार्वजनिक रूपमा आफ्नै समुदायमाझ साट्न पाउँदा गर्व महसुस भएको बताए । ...

अनलाइन खबर
चार दशक बैंकिङ क्षेत्रमा बिताएका उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड
OthersJust now

चार दशक बैंकिङ क्षेत्रमा बिताएका उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगोपनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्। पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स ...

पर्दाफास
एमसीसी कम्प्याक्टको म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान
OthersJust now

एमसीसी कम्प्याक्टको म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान

अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान गरेको हो । ...

अनलाइन खबर
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन
OthersJust now

भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन

सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको आलोचना गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement