Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लामो समयदेखि उद्योगीले राखेकाे माग पूरा, काण्डला बन्दरगाह खुला

Share:WhatsAppFacebookX (Twitter)Telegram
लामो समयदेखि उद्योगीले राखेकाे माग पूरा, काण्डला बन्दरगाह खुला
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट पनि नेपालका वनस्पति घ्यू तथा तेल उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न पाउने व्यवस्था भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली उद्योगीहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएपछि उद्योग क्षेत्रले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बुधबार विज्ञप्ति जारी गर्दै काण्डला बन्दरगाहबाट क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल आयात गर्न पाउने व्यवस्था भएकोमा स्वागत गरेको छ। यसअघि नेपाली उद्योगहरू भारतका वजवज, कलकत्ता र हल्दिया बन्दरगाहमा मात्रै निर्भर रहँदै आएका थिए। सीमित बन्दरगाहमा निर्भर हुनुपर्दा उद्योगहरूले ढुवानी खर्च, समय र आयात लागतमा विभिन्न समस्या भोग्दै आएका थिए। बन्दरगाहसम्बन्धी समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडसहितको प्रतिनिधिमण्डलले पटक–पटक नेपाल सरकारका सम्बन्धित निकायसँग माग राख्दै आएको थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली उद्योगहरूको माग उच्चस्तरीय वार्तामा उठेपछि काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयातको बाटो खुलेको संघले जनाएको छ। नयाँ व्यवस्थाले नेपाली उद्योगहरूलाई थप वैकल्पिक आयात मार्ग उपलब्ध गराउनुका साथै ढुवानी लागत घटाउन, आपूर्ति सहज बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने संघको विश्वास छ। यसका लागि भारतसँगको वार्तामा नेपाली उद्योगको मागलाई प्राथमिकताका साथ उठाएको भन्दै संघले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेको छ। साथै, पहलमा सहयोग गर्ने नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा अन्य पक्षलाई पनि धन्यवाद दिएको छ। सरकार र निजी क्षेत्रबीचको सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगको विकास र विस्तारका लागि यस्ता पहललाई निरन्तरता दिनुपर्ने संघले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बजेट विवादले सुदूरपश्चिमका सत्तारूढ दलभित्र उकुसमुकुस
Latest NewsJust now

बजेट विवादले सुदूरपश्चिमका सत्तारूढ दलभित्र उकुसमुकुस

बजेटप्रतिको असन्तुष्टिले नेकपाको राष्ट्रिय जागरण अभियान नै स्थगित भएको छ भने सत्तारूढ सांसदहरूबीचको विवाद पनि चर्किएको छ । ...

कान्तिपुर
नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको भोलिदेखि सुरु
Latest NewsJust now

नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको भोलिदेखि सुरु

धनगढी । नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा बिहीबारदेखि मङ्सिर २४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको... ...

रातोपाटी
सुकुम्वासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न प्रशासनको निर्देशन
Latest NewsJust now

सुकुम्वासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न प्रशासनको निर्देशन

काठमाडौं । काठमाडौंका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई सरकारले दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बूढानीलकण्ठस्थित कृषि विकास तालिम केन्द्रमा राखिएका परिवारलाई मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भनेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त होल्डिङ सेन्टरमा हाल १९ परिवार बस्दै आएका छन्। प्रशासनले ...

नेपालन्युज
नेपाल–भारत क्रिकेट सहकार्य : अवसरको नयाँ ढोका, चुनौती
Latest NewsJust now

नेपाल–भारत क्रिकेट सहकार्य : अवसरको नयाँ ढोका, चुनौती

काठमाडौँ । नेपाल र भारतबिच खेलकुद क्षेत्रको सहकार्य विस्तार गर्ने सहमतिले नेपाली क्रिकेटको समग्र विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सार्वजनिक ‘संयुक्त दृष्टिकोणपत्र’ मा नेपालमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement