Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

लामिछानेको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्न १५ सदस्यीय टोली घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
लामिछानेको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्न १५ सदस्यीय टोली घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ । नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले सन्दीपको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । टोलीमा सन्दीपका साथै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव रहेका छन् । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन् । नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत सहभागी गराउन पाउने व्यवस्था छ । यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ । नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ । The post लामिछानेको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्न १५ सदस्यीय टोली घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि
Latest NewsJust now

‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि

जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि पहिलोपटक सिधा रेल चढेर आउँदै गरेका यात्रुलाई स्वागत गर्न जनकपुरधाम अहिले सिँगारिँदै छ। रामको जन्मभूमि अयोध्याबाट सीताको जन्मभूमि जनकपुरधामसम्म रेलमार्फत आउन लागेका श्रद्धालु तथा... ...

रातोपाटी
रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही
Latest NewsJust now

रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही

आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश : ...

कान्तिपुर
१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने
Latest NewsJust now

१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने

काठमाडौँ । भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन् । दुवै देशका प्रधानमन्त्रीबिच सोमबार नयाँ दिल्लीमा भएको... ...

रातोपाटी
दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम
Latest NewsJust now

दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम

सुजन काफ्ले दोलखा, मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली शुद्धीकरण अभियानअन्तर्गत जिल्लाको ३ हजार ६२१ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ ।दोहोरो नाम दर्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement