Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

लागुऔषध तस्करी नियन्त्रणमा अमेरिका र भारतबीच सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषध तस्करी नियन्त्रणमा अमेरिका र भारतबीच सहकार्य
Photo / Coverage: पर्दाफास

अमेरिका र भारतले विश्वव्यापी लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। अमेरिकी कन्सुलेट जनरल मुम्बईले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार अमेरिकी लागुऔषध नीति कार्यालय (ओएनडीसीपी) की उपनिर्देशक डेबी सेगुइनले मुम्बईस्थित जवाहरलाल नेहरू बन्दरगाह प्राधिकरणको भ्रमण गरेकी छन्। भारतको कुल कार्गोमध्ये करिब एकतिहाइ प्रशोधन गर्ने उक्त बन्दरगाहको भ्रमणका क्रममा अमेरिका–भारत लागुऔषध नीति रूपरेखाअन्तर्गत भइरहेको सहकार्यबारे जोड दिइएको छ। दुई देशबीचको सहकार्यले लागुऔषध तस्करी नियन्त्रण, लागुऔषध कारोबारसँग जोडिएको आतंकवादविरुद्धको अभियान र नागरिकको सुरक्षामा योगदान पुर्‍याउने अमेरिकी पक्षले जनाएको छ। अमेरिका र भारतले अन्तर्राष्ट्रिय लागुऔषध सञ्जाल नियन्त्रण गर्न बन्दरगाह तथा सीमाक्षेत्रमा निगरानी र सहकार्यलाई महत्त्व दिँदै आएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
OthersJust now

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै ९४ गोल गरेका छन्। उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा… ...

अनलाइन खबर
मोदीको निम्तो स्वीकार्दै मंसिर ६ गते भारत भ्रमणमा जाँदै बालेन, के-के हुँदैछ ?
OthersJust now

मोदीको निम्तो स्वीकार्दै मंसिर ६ गते भारत भ्रमणमा जाँदै बालेन, के-के हुँदैछ ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबारदेखि औपचारिक भेटवार्ता सुरु गर्नेछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ। सोही दिन नेपाल र भारतबीच द्विपक्षीय वार्ता पनि हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको ...

पर्दाफास
कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी
OthersJust now

कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षमा अधिकारी

३० कात्तिक, काठमाडौं । कांग्रेस देउवा समूहको लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा कुमार अधिकारी मनोनीत भएका छन्। उक्त समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले अधिकारीलाई अध्यक्ष पदमा मनोनीत गरेका हुन्। दोलखाका अधिकारीलाई ६ महिनाभित्र लोकतान्त्रिक पर्यटन व्यवसायी संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको छ। ...

अनलाइन खबर
सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे
OthersJust now

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play