Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
Photo / Coverage: टेक्नोलोजी खबर

ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ। भिक्ट्रिफाइड टायल ब्राण्ड लामिनारको आयोजनामा सम्पन्न कार्यक्रमका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनास्थित विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्चको निर्माणमा हासिल गरेको अनुभव सुनाए। चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्टका रूपमा पाँच वर्ष काम गरेका उनी छवटा केन्द्रीय टावरको डिजाइन तथा निर्माण व्यवस्थापनमा संलग्न थिए। उनले ऐतिहासिक परिकल्पनालाई कायम राख्दै आधुनिक इन्जिनियरिङ र निर्माण विधि अपनाउनु जटिल तर महत्त्वपूर्ण काम भएको बताए। सन् १८८२ मा निर्माण सुरु भएको साग्रादा फामिलियालाई एन्टोनी गौडीले विशिष्ट स्वरूप दिएका थिए। गौडीको सन् १९२६ मा निधन भए पनि उनको परिकल्पनाअनुसार निर्माण अघि बढिरहेको छ। लोपेजले गौडीले प्रकृतिका आकार र संरचनाबाट प्रेरणा लिएको उल्लेख गर्दै नयाँ सिर्जना गर्दा इतिहास र मौलिक पहिचानलाई बिर्सन नहुनेमा जोड दिए। साग्रादा फामिलिया कुनै एक व्यक्तिको उपलब्धि मात्र नभई धेरै पुस्ताका आर्किटेक्ट, इन्जिनियर र निर्माणकर्मीको साझा प्रयास भएको उनको भनाइ थियो। गौडीको निधनको सय वर्ष पुगेको सन् २०२६ मा चर्चको सबैभन्दा अग्लो टावरको बाहिरी संरचना पूरा भएको विषय पनि कार्यक्रममा उठाइएको थियो। लामो समयदेखि चलिरहेको यस निर्माणले पुस्तौँसम्म एउटै लक्ष्यमा काम गर्ने प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको लोपेजले बताए। उनले समय, स्रोत र निर्माण प्रविधिका चुनौतीबीच पनि परियोजनाको मूल उद्देश्यलाई केन्द्रमा राखेर निर्णय गरिएको अनुभव सुनाए। लोपेजले गौडीले प्रयोग गरेका प्लास्टरका नमुना र ज्यामितीय अध्ययनले पुरानो डिजाइन बुझ्न तथा त्यसलाई आधुनिक प्रविधिसँग जोड्न सहयोग गरेको बताए। स्पेनको गृहयुद्धमा कतिपय अभिलेख नष्ट भए पनि जोगाइएका नमुनाका करिब १६ हजार टुक्रालाई डिजिटल रूपमा अध्ययन गरेर निर्माणलाई निरन्तरता दिन सकिएको अनुभव उनले प्रस्तुत गरे। ठूला परियोजनाको सफलताका लागि डिजाइनसँगै योजना, व्यवस्थापन र विभिन्न विशेषज्ञबीचको समन्वय आवश्यक हुने पनि उनले स्पष्ट पारे। लोपेज भारतीय आर्किटेक्ट अमेय दलालसँग मिलेर गुजरातको कच्छस्थित ‘सोमैया कला विद्या आर्टिजन्स युनिभर्सिटी’ परियोजनामा पनि संलग्न छन्। उक्त परियोजनामा स्थानीय निर्माण सामग्री र परम्परागत सीपलाई आधुनिक वास्तुकलासँग जोड्ने प्रयास भइरहेको उनले जानकारी दिए। यस अनुभवले मौलिक शिल्पकला र नयाँ प्रविधिलाई एकअर्काको विकल्प नभई पूरकका रूपमा लिनुपर्ने सन्देश दिएको थियो। कार्यक्रमको अध्यक्षता गरेका नेपाली आर्किटेक्ट तथा सहरी योजनाविद् वीरेश शाहले निर्माण सामग्रीको उत्पादनमा भइरहेका परिवर्तनबारे आर्किटेक्ट र डिजाइनर जानकार रहनुपर्ने बताए। नेपालमा समेत उच्च गुणस्तरका सिरेमिक टायललगायत सामग्रीको उत्पादन विस्तार भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले प्रविधि, डिजाइन र उद्योगबीचको सहकार्यबाट नयाँ सम्भावना खुल्ने धारणा राखे। उनका अनुसार उत्पादन प्रक्रियाको ज्ञानले डिजाइनरलाई सामग्री छनोटमा मात्र होइन, नयाँ उत्पादनको विकासमा समेत सहभागी हुन सहयोग गर्छ। इटालीको सिस्टम सेरामिक्सका फ्रान्चेस्को पियानीले सिरेमिक उत्पादनमा डिजिटल प्रिन्टिङ, स्वचालन र ठूला आकारका स्ल्याब निर्माण प्रविधिबारे प्रस्तुति दिए। रोटोकोलर, लाम्जिया, सुपरफास्ट र क्रिएडिजिटजस्ता प्रविधिले सिरेमिक सामग्रीको आकार, डिजाइन र प्रयोगको दायरा विस्तार गरेको उनले बताए। पहिले भुइँ र भित्तामा सीमित यस्ता सामग्री अहिले भवनको बाहिरी आवरण, किचन काउन्टरटप, फर्निचर तथा विभिन्न आन्तरिक संरचनामा समेत प्रयोग हुन थालेका छन्। आधुनिक प्रविधिले परियोजनाको आवश्यकताअनुसार फरक रङ, बनावट र आकारका सामग्री तयार गर्न सहज बनाएको उनको भनाइ थियो। उनका अनुसार ठूला सिरेमिक स्ल्याबले फराकिलो सतहमा जोडाइका रेखा कम देखिने बनाउँछन्। डिजिटल प्रिन्टिङले मार्बल र प्राकृतिक ढुंगाको रङ तथा धर्सालाई सूक्ष्म रूपमा प्रस्तुत गर्न सम्भव बनाएको छ। आगामी दिनमा उत्पादन प्रणाली थप स्वचालित र लचिलो हुने तथा आवश्यकताअनुसार सामग्री तयार गर्ने सम्भावना बढ्ने पियानीले उल्लेख गरे। त्यस्तै, इटालीको कलरोबिया ग्रुपका एलेसियो लोन्डीले सिरेमिक सामग्रीको रङ, सतह र बनावटमा विकसित प्रविधिबारे जानकारी दिए। उनले विशेष ग्लेज, ग्रिट्स तथा डिजिटल सजावट सामग्री प्रयोग गरेर प्राकृतिक ढुंगाजस्तै देखिने सतह, त्रिआयामिक बनावट र प्रकाशअनुसार फरक प्रभाव दिने डिजाइन तयार गर्न सकिने बताए। नयाँ उत्पादनको विकासका लागि मेसिन निर्माता, सामग्री उत्पादक, आर्किटेक्ट र डिजाइनरबीच निरन्तर अनुसन्धान तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। लोन्डीले आधुनिक सिरेमिक डिजाइनमा म्याट फिनिस, टेराकोटा, टेराजो र प्राकृतिक सामग्रीबाट प्रेरित सतहप्रति चासो बढेको बताए। उत्पादनको गुणस्तर र विश्वसनीयता कायम राख्न निरन्तर परीक्षण, अनुसन्धान र प्राविधिक सुधार आवश्यक पर्ने उनले औँल्याए। नयाँ डिजाइन विकास गर्ने काम कुनै एक कम्पनीको प्रयासबाट मात्र नभई उत्पादक, प्रविधि आपूर्तिकर्ता र डिजाइनरहरूको सहकार्यबाट अघि बढ्ने उनको भनाइ थियो। आयोजक लामिनारका अनुसार कम्पनीले टायल उत्पादनमा सिस्टम सेरामिक्सको क्रिएडिजिट डिजिटल प्रिन्टर तथा कलरोबिया ग्रुपका ग्लेज, ग्रिट्स र डिजिटल सजावट सामग्री प्रयोग गर्दै आएको छ। The post ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक
TechnologyJust now

मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक

नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बताएको छ। २५ वर्षभन्दा बढीको अनुभवसहित ...

टेक्नोलोजी खबर
टिकटकमा नयाँ फिचर : अब अभिभावकले हेर्न सक्नेछन् छोराछोरीको डिजिटल गतिविधि
TechnologyJust now

टिकटकमा नयाँ फिचर : अब अभिभावकले हेर्न सक्नेछन् छोराछोरीको डिजिटल गतिविधि

काठमाडौं । टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले किशोरकिशोरीले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछन् । साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित र सकारात्मक बनाउन आवश्यक निर्णय लिन पनि सहयोग पुग्नेछ ।नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ । यसमा ...

आइसिटी समाचार
अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?
TechnologyJust now

अनलाइन कारोबारमा ठगीको जोखिम बढ्दै: बैंक र ग्राहकले के गर्ने?

हिजो आज अनलाइन भुक्तानी सबै क्षेत्रमा प्रयोग हुन थालेको छ। बजारमा चहलपहल बढ्दा मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग पनि बढ्छ। तर यही चहलपहलमा ठग र साइबर अपराधी पनि सक्रिय हुने गरेका छन्। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले हालै साइबर सेक्युरिटी एडभाइजरी २०२६ (एनपीसर्ट/२०२६-२०२७) जारी गर्दै बैंक, भुक्तानी सेवा प्रदायक र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको ...

टेक्नोलोजी खबर
कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
TechnologyJust now

कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमा केन्द्रित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

भरतपुर । बोस्टन इन्टरनेशनल कलेज (बीआईसी) भरतपुरले कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यका माध्यमबाट दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । कलेजले आगामी मंसिर ११ र १२ गते दुईदिने सम्मेलन आयोजना गर्न लागेको हो ।सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन कलेजले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराएको हो । तीव्र ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement