Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ललितपुरको कार्तिक नाचमा नरसिंह अवतारको प्रस्तुति (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
ललितपुरको कार्तिक नाचमा नरसिंह अवतारको प्रस्तुति (तस्बिरहरू)
Photo / Coverage: टक्सार

काठमाडाैँ । ललितपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्तिक नाचअन्तर्गत हिरण्यकशिपु वधको प्रसङ्ग प्रस्तुत गरिएको छ । ललितपुरको कार्तिक डबलीमा मञ्चन गरिएको नाचमा भगवान विष्णुको नरसिंह अवतार र हिरण्यकशिपुको वधको दृश्य प्रश्तुत गरिएको हो । धार्मिक आस्था र पौराणिक कथामा आधारित उक्त प्रश्तुतिमा नरसिंह भगवान र हिरण्यकशिपुबीचको प्रसङ्गलाई नृत्य तथा अभिनयमार्फत जीवन्त बनाइएको थियो । प्रत्येक वर्ष सञ्चालन हुने कार्तिक नाच नेपालको प्राचीन नृत्य तथा नाट्य परम्परामध्ये एक हो । मल्लकालीन इतिहाससँग जोडिएको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, धार्मिक कथा तथा पौराणिक घटनाहरू प्रश्तुत गरिन्छन् । नाच हेर्न कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमती सविना काफ्ले, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो । कार्तिक नाचले नेवार समुदायको मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनमोलको ‘बाटुलो जून’को अहिलेसम्मको आम्दानी कति ?
Latest NewsJust now

अनमोलको ‘बाटुलो जून’को अहिलेसम्मको आम्दानी कति ?

काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ले अहिलेसम्म साता ८ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार (६ गते) राती ११ः५९ सम्मको व्यवसायलाई लिएर सोमबार... ...

रातोपाटी
सामुदायिक वनको आम्दानीबाट बाँझो जमिनमा सामूहिक खेती
Latest NewsJust now

सामुदायिक वनको आम्दानीबाट बाँझो जमिनमा सामूहिक खेती

अमरराज नहर्कीतनहुँ, मङ्सिर ७ गते । सामुदायिक वनको आम्दानी वन संरक्षणमा मात्र सीमित नराखी कृषि उत्पादन र स्थानीयको आयआर्जनमा समेत लगानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँको म्याग्दे गाउ... ...

गोरखापत्र
इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी
Latest NewsJust now

इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी

काठमाण्डु– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा सोमबार बिहान अचानक आगलागी भएको छ। पाँच जना सवार रहेको पेट्रोल कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। गुडिरहेको अवस्थामा अचानक आगो लागेपछि आगो तीव्र रूपमा फैलिएको थियो। आगलागीका कारण कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। गाडीमा ठूलो क्षति पुगे पनि कारमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement