Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु
Photo / Coverage: पर्दाफास

एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ । सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको उक्त प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुनेछ । एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यो प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा फैलिनेछ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको कुल लम्बाइ ३१५ किलोमिटर छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड त्यसैको एक हिस्सा हो । यो खण्ड ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारण लाइन हुनेछ । प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुलुकको विद्युत् प्रसारण सञ्जाल थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसले देशभित्र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहयोग पुग्नेछ । साथै, नेपालको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने एमसीए–नेपालको विश्वास छ । नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत् प्रसारण तथा वितरणका लागि उच्च क्षमताका पूर्वाधार आवश्यक छन् । प्रस्तावित प्रसारण लाइनले विद्युत् प्रवाहको क्षमता विस्तार र राष्ट्रिय ग्रिडको सुदृढीकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई
OthersJust now

देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले… ...

अनलाइन खबर
मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच सम्झौता, ग्राहकले पाउने भए यस्तो सुविधा
OthersJust now

मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच सम्झौता, ग्राहकले पाउने भए यस्तो सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ । दुवै संस्थाबीच आज (बुधबार) समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा […] ...

लोकपथ
डायस्पोरामार्फत नेपाल-अमेरिका सम्बन्ध मजबुत बनाउन चाहन्छौं : कार्यवाहक राजदूत आरण
OthersJust now

डायस्पोरामार्फत नेपाल-अमेरिका सम्बन्ध मजबुत बनाउन चाहन्छौं : कार्यवाहक राजदूत आरण

९ मंसिर, टेक्सस (अमेरिका) । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले अमेरिका बस्ने नेपाली समुदायमार्फत पनि नेपाल–अमेरिका मैत्री सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बताएका छन् । नेपाली महावाणिज्यदूतावास टेक्ससद्वारा मंगलवार आयोजित पत्रकार तथा स्थानीय नेपाली समुदायसँगको भेटमा कार्यवाहक राजदूत आरणले यस्तो बताएका हुन् । ‘नेपाली समुदायको बसोबास धेरै भएका स्थानमा त्यहाँका कांग्रेसम्यान र सिनेटरसम्म… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement