राेल्पा। रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङ बजारस्थित एक मोबाइल पसलमा आगलागी भएको छ । विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा अचानक आज बिहान करिब साढे २ बजेतिर आगलागी भएको भएको हो । आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतका उपकरण र पार्टपुर्जाहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अनिलकुमार चौधरीको नेतृत्वको प्रहरी, स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बिहान ४ बजेतिर आगो पूर्ण रूपमा निभाइएको थियो ।विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ ।
रोल्पाको रुइनिबाङमा मोबाइल पसलमा आगलागी

Read Complete Original Article
Published originally on टक्सार






