Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जना नेपाली नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट प्राप्त यकिन विवरणका आधारमा बेपत्ता नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत प्रस्तुत गरिएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा ९३० मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था रहेको छ । यसअघि नेपाली नागरिकको विवरण सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा सङ्कलन गरिएको थियो । विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकका नेपालस्थित नियोगबाट प्राप्त विवरणका आधारमा दाबी सङ्कलन गरिएको हो । यसैबीच, समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र, २०८३/२०८७’ स्वीकृत गरेको छ । मार्गचित्रअनुसार २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना प्रणालीको पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ । त्यस्तै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना २०८३र८४ देखि २०९१/९२ सम्मका लागि स्वीकृत गरेको छ । वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३/२०८७ पनि बैठकबाट स्वीकृत भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण
Latest NewsJust now

गोरखाका सामुदायिक विद्यालयका २६६ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

गोरखा । गोरखा–हातेमालो वुमन्स ग्रुप अफ फाउण्डेशन र हिमालय फ्रेण्ड जर्मनीले गोरखाका दुई गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेका छन् । फाउण्डेशनले सिरानचोक र अजिरकोट... ...

रातोपाटी
सरकारी ठेक्कामा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा, कसलाई कति वर्ष प्रतिबन्ध ?
Latest NewsJust now

सरकारी ठेक्कामा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा, कसलाई कति वर्ष प्रतिबन्ध ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने तथा लापरबाही गर्ने सातवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले मंसिर १० गते गरेको निर्णयअनुसार ती कम्पनीलाई एक वर्षदेखि दुई वर्ष छ महिनासम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । शुक्रबार सूचना जारी गर्दै कार्यालयले मंसिर ११ गतेदेखि प्रतिबन्ध […] ...

लोकपथ
जनकपुर–अयोध्या खुल्यो रेलको टिकट
Latest NewsJust now

जनकपुर–अयोध्या खुल्यो रेलको टिकट

धनुषा समाचारदाता जनकपुरधाम, मङ्सिर ११ गते । भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको सरयू–कमला एक्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement