Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

रक्षा बमको प्रश्न : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता होइनन्, हस्तक्षेप किन र कसलाई जोगाउन ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
रक्षा बमको प्रश्न : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता होइनन्, हस्तक्षेप किन र कसलाई जोगाउन ?
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ९ । जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले इनम सापकोटा प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका प्रमुख कार्यकर्ताको नाम जोडिएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत प्रहरी अनुसन्धानको परिधिभित्र प्रवेश गरी मुख्य प्रमाण अपहरण गरेको भन्ने खबर आमसञ्चारमाध्यममा सार्वजनिक भएको उल्लेख गर्नुभएको छ। उहाँले प्रहरी अनुसन्धानको प्रक्रियाभित्र राजनीतिक हस्तक्षेप हुनु, त्यसलाई सामान्य घटनाका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा मिम बनाउने, ठट्टा गर्ने र त्यसबाट मनोरञ्जन लिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। ‘प्रहरी अनुसन्धानको कोठाभित्र राजनीतिक हस्तक्षेप हुनु, त्यही कुरालाई हलुका रूपमा प्रस्तुत गर्दै मिम बनाउनु, स्वाग देखाउनु, सामाजिक सञ्जालमा ठट्टा गर्नु र त्यही ठट्यौलीबाट मनोरञ्जन लिइरहेको समाजले मुलुकको कस्तो यात्रा तय गर्ला ?’ उहाँले प्रश्न गर्नुभएको छ। बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता नभएको र प्रधानमन्त्री कार्यालय पनि अनुसन्धान गर्ने निकाय नभएको स्पष्ट पार्दै अनुसन्धानमा हस्तक्षेप गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ। ‘हामीले बुझौँ कि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता होइनन्, न त प्रधानमन्त्री कार्यालय अनुसन्धान गर्ने निकाय हो। त्यसकारण यो हस्तक्षेप किन र कसलाई जोगाउन भएको हो ?’ उहाँले प्रश्न गर्नुभएको छ। उहाँले यस विषयमा रमाउने र ठट्टाका रूपमा लिनेहरूलाई समेत गम्भीर भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। प्रश्न उठाउन र जवाफ माग्न नपाइने अवस्था आउनुअघि नै नागरिकले यस्ता घटनाबारे प्रश्न गर्नुपर्ने उहाँको धारणा छ। बमले अनुसन्धान प्रक्रियाको निष्पक्षता, प्रमाणको सुरक्षा र राज्यका निकायमाथिको राजनीतिक प्रभावबारे नागरिकले चासो राख्नुपर्ने बताउनुभएकाे छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देशवासीले गगन नेतृत्वको कांग्रेसलाई चिन्छन्, अरु कसैले कांग्रेसको झन्डा र रूख चिह्न प्रयोग गर्छ भने निर्वाचन अयोगले जान्ने कुरा हो
PoliticsJust now

देशवासीले गगन नेतृत्वको कांग्रेसलाई चिन्छन्, अरु कसैले कांग्रेसको झन्डा र रूख चिह्न प्रयोग गर्छ भने निर्वाचन अयोगले जान्ने कुरा हो

राईले देशवासीले गगन नेतृत्वको कांग्रेसलाई चिन्ने भन्दै अरु कसैले कांग्रेसको झन्डा र रूख चिह्न प्रयोग गर्छ भने निर्वाचन आयोगले जान्ने कुरा भएको ...

हाम्राकुरा
उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग कांग्रेसको माग, किसानको बक्यौता भुक्तानी गर्न आग्रह
PoliticsJust now

उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग कांग्रेसको माग, किसानको बक्यौता भुक्तानी गर्न आग्रह

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसले उखु किसानको उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार मानेर उखुको मूल्य तत्काल निर्धारण गर्न सरकारसँग माग गरेको छ । साथै, किसानले पाउन बाँकी रहेको उखुको भुक्तानी अविलम्ब उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य निर्धारणमा ...

जनताटाइम्स
मृत्युदण्डको सामना गर्न स्वदेश फर्किन लागेकी हुन् हसिना ?
PoliticsJust now

मृत्युदण्डको सामना गर्न स्वदेश फर्किन लागेकी हुन् हसिना ?

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ अर्थात् पुस १ गते स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन् । तर, बंगलादेश सरकारले भने उनी स्वदेश फर्किएलगत्तै पक्राउ गरी कारागार पठाउने चेतावनी दिएको छ । हसिनाका प्रवक्ता सैयद मोजाम्मेल अलीले नोभेम्बर २४ मा रोयटर्ससँगको कुराकानीमा हसिनाको स्वदेश फिर्तीको प्रस्तावित मिति सार्वजनिक गरेका हुन् । हसिनाले आफूलाई नयाँदिल्लीबाट ढाका लैजान बंगलादेशको राष्ट्रिय ध्वजावाहक बिमान ...

फरकधार
विकासको कुरा योजनामा मात्र होइन, नागरिकको जीवनमा पनि अनुभूति गराउनुपर्छ : मुख्यमन्त्री किरण थापा
PoliticsJust now

विकासको कुरा योजनामा मात्र होइन, नागरिकको जीवनमा पनि अनुभूति गराउनुपर्छ : मुख्यमन्त्री किरण थापा

हेटौँडा, मंसिर ९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगको विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले युवालाई रोजगारी खोज्न विदेश तथा अन्यत्र जान बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । उद्योग दिवसका अवसरमा आज हेटौँडामा आयोजित ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement