Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रंगीन र मिसावटयुक्त मिठाईले क्यान्सर जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
रंगीन र मिसावटयुक्त मिठाईले क्यान्सर जोखिम
Photo / Coverage: हिमालय टाइम्स

नेपालीहरूको दोस्रो महत्त्वपूर्ण चाड तिहार नजिकिँदै छ । तिहारमा मिठाईको अत्यधिक माग हुन्छ । तिहारमा धेरैजसोले सेलरोटी बाहेकका मिठाई परिकार बजारबाटै खरिद गर्ने गरेका छन् भने कार्य व्यस्तता वा आधुनिकताका नाममा सेलरोटीसमेत बजारबाटै किन्नेको जमात पनि छ तर बजारमा पाइने सबै मिठाई परिकार गुणस्तरीय र स्वस्थकर हुँदैनन् । रङरोगन गरिएका र गुणस्तरहीन कच्चा पदार्थ मिसावट गरेर बनाइएका मिठाइहरू स्वास्थ्यका लागि घातक मानिन्छ । उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले व्यापारीहरूले तयार पार्ने रंगीन मिठाईले उपभोक्तालाई क्षणिक स्वाद र सन्तुष्टि दिए पनि दीर्घकालीन रूपमा विभिन्न स्वाथ्य जोखिम आउनसक्ने भन्दै खाद्य विज्ञहरूले सचेत गराउँदै आएका छन् । अखाद्य रङका साथै मिठाईमा प्रयोग गरिने सामाग्रीको गुणस्तरमा समेत समस्या देखिएको छ । एकपटक प्रयोग गरिसकेको तेल वा घिउ बारम्बार तताएर मिठाई बनाउने, खुवा, पनिर, चिनीको सट्टा अन्य वस्तु मिसावट गर्ने प्रवृत्ति देखिएको छ । खाद्य रङ पनि आवश्यकभन्दा बढी प्रयोग भएमा आँखा, कलेजो, मिर्गौला समस्याका साथै क्यान्सरसमेत हुनसक्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै बजार अनुगमनका क्रममा मिठाईमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तरमा समस्या रहेको औँल्याएको छ । विभागका अनुसार कतिपय व्यवसायीले मिठाई आकर्षक देखाउन स्वीकृत परिमाणभन्दा बढी वा अखाद्य रासायनिक रङहरू प्रयोग गर्ने गरेका छन् । त्यस्तै एकपटक प्रयोग गरिसकेको तेल वा घिउलाई बारम्बार तताएर मिठाई बनाउने, खुवा, पनिर, चिनीको सट्टमा अन्य मिसावट वस्तु मिसावट गर्ने, मिठाई बनाउने कारखाना र भण्डारण गर्ने ठाउँमा आवश्यक स्वच्छता कायम नगर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसैगरी, चाडबाडको मौका छोपेर उपभोक्तालाई म्याद गुज्रिएका मिठाईहरू बिक्री गर्ने गरेको समेत पाइएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अनुगमनका क्रममा मिठाई उत्पादन स्थल (किचेन), मिठाईमा प्रयोग हुने घिउ, तेल, खुवा, बुनिया लगायतका कच्चा पदार्थ प्रयोग र भण्डारणमा चरम बेथिति रहेको औँल्याएको छ । वाणिज्य विभागका अनुसार विगतमा अनुगमनका क्रममा मिठाई उत्पादन गर्ने आँगनमा मिठाई बनाउन प्रयोग हुने बुनियाँ बोरामा हालेर राखेको भेटिएको थियो । मिठाईमा बाढीमा डुबेको तेल प्रयोग गरेको भेटिएको थियो । पाउरोटी उद्योगहरूले पनि म्याद गुज्रिएका मैदा र केकमासमेत अखाद्य रङहरू प्रयोग गरेको भेटिएको थियो । खाद्य विभागका अनुसार नेपालको खाद्य ऐनले विभिन्न ११ प्रकारका रङ खाद्यान्नमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । तर, खाद्य रङ नै भए पनि मात्रा मिलेको छैन भने हानि गर्नसक्छ । १० केजी मिठाईमा दुई ग्रामभन्दा बढी रङ प्रयोग गर्न हुँदैन भने तयारी मिठाईमा मात्रै रङ प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात् रङ पनि मिठाईसँगै पकाउन हुँदैन । त्यसैगरी, बर्फीमा लेपन गरिने सेतो रसायन अर्थात् तपक पनि हानिकारक हुन्छ । त्यस्तोमा चाँदीको तपक मात्रै प्रयोग गर्न पाइने व्यवस्था भए पनि व्यापारीले आल्मुनियम तपकसमेत प्रयोग गर्ने गरेका छन् । आल्मुनियम तपक प्रयोग गरिएका मिठाई स्वास्थ्यका लागि घातक मानिन्छन् । चाँदीभन्दा आल्मुनियम तपक धेरै सस्तो हुने भएकाले व्यापारीले आल्मुनियमकै तपक प्रयोग गर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ । त्यस्तै, बजारमा मिसावट, अखाद्य रङ र तेल पुनः प्रयोगको अवस्था भयावह रहेको उपभोक्ता हीत संरक्षण मंचका अध्यक्ष ज्योति बानिया बताउनुहुन्छ । अखाद्य रङको तुलनामा खाद्य रङ धेरै महँगो हुने भएकाले धेरैजसो मिठाईमा अखाद्य रङ प्रयोग भइरहेको उहाँ दाबी गर्नुहुन्छ । त्यसैले उपभोक्ता मिठाई उपभोगका सावधानी अपनाउनुपर्ने बानियाँको सुझाव छ । उपभोक्ताले खाद्य र अखाद्य छुट्याउन नसक्ने भएकाले सकेसम्म रङ प्रयोग नगरिएका मिठाई नै उपयोग गर्नुपर्ने विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण बताउनुहुन्छ । रंगीन मिठाई नै प्रयोग गर्नुपरे पनि कडा र गाढा रङ भएका मिठाई प्रयोग गर्न नहुने उहाँको सुझाव छ । कर्णका अनुसार रङमात्र होइन, पटक–पटक पकाएको एउटै तेलमा मिठाईलगायत परिकार पकाउनु हुँदैन तर अधिकांश मिठाई व्यवसायीले पुरानै तेलमा नयाँ मिसाएर मिठाई तार्ने गरेको पाइएको छ । अखाद्य रङ प्रयोगभन्दा तेलमा बढी समस्या देखिएको छ । पुरानो तेलमा मिठाई तार्ने प्रवृत्ति रोकिएको छैन । पुनः प्रयोग गरी पकाउने, तार्ने गरिएको मिठाई परिकार जनस्वास्थ्यका लागि घातक मानिन्छन् । खाद्य रङ पनि आवश्यकभन्दा बढी प्रयोग भएमा आँखा, कलेजो, मिर्गौला समस्याका साथै क्यान्सरसमेत हुनसक्ने कर्ण बताउनुहुन्छ । सबैभन्दा बढी मुद्दा मिठाईजन्य वस्तुकाविभागले गत आर्थिक वर्ष २०८२/८३ मा खाद्य पदार्थसम्बन्धी विभिन्न कसुरमा एक सय ४२ वटा मुद्दा दायर गरेकोमा मिठाईजन्य कच्चा पदार्थ मुद्दाको सख्या सबैभन्दा बढी रहेका छन् । विभागका अनुसार गत आर्थिक वर्ष दायर गरिएका कुल मुद्दामध्ये तेल तथा घ्यूजन्य पदार्थ २७, खाद्यान्न/दलहन ३२, प्रशोधित पिउने पानी १२, गुलियो पदार्थ २१, कन्फेक्सनरी १९, दूध तथा दुग्ध पदार्थ १२, चिया/कफीका तीन, मसलाका सात, फल तथा सागपातजन्य पदार्थ १८, नुन एक, दाना पदार्थ एक र अन्य खाद्य पदार्थका आठवटा रहेका थिए । एक सय ४२ मुद्दामध्ये ७३ मुद्दा न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ३२ मुद्दा दूषित खाद्य पदार्थका थिए । उल्लेखित मुद्दाको तथ्यांकबाट पनि मिठाईको गुणस्तरमा समस्या रहेको पुष्टि हुन्छ । मिठाई बिक्रीमा कडाइविभागले नजिकिँदो तिहार र छठलाई लक्षित गर्दै बिक्रीका लागि राखिएका मिठाईमा उत्पादनसम्बन्धी सम्पूर्ण विवरण स्पष्ट रूपमा उल्लेख गर्न मिठाई व्यवसायीलाई निर्देशन दिएको छ । विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईको सोकेस वा काउण्टरमा ग्राहकले देख्ने गरी लेबल राख्न निर्देशन दिएको हो । निर्देशनअनुसार मिठाईको नाम, मुख्य कच्चा पदार्थको समिश्रण, तयार गर्न प्रयोग गरिएको तेल वा घिउको प्रकार तथा नाम, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकेजी मूल्य स्पष्ट उल्लेख गर्नुपर्ने छ । विभागले यसअघि २०८३ असोज ३० गते पनि मिठाई व्यवसायीका लागि यस्तै निर्देशन जारी गरेको थियो । विभागले उक्त निर्देशन कार्यान्वयनका लागि पुनः जानकारी गराउँदै होटल, मिठाई पसल तथा मिठाई भण्डार लगायतका व्यवसायीलाई निर्देशन पालना गर्न निर्देशन दिएको हो । विभाग तथा मातहतका कार्यालयबाट नियमित निरीक्षण तथा अनुगमनका क्रममा निर्देशन कार्यान्वयन नभएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ । उपभोक्ताले आफूले खरिद गर्ने मिठाईमा प्रयोग भएका सामग्री, तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्यबारे जानकारी पाउने व्यवस्था गर्न विभागले यस्तो निर्देशन दिएको हो । खाद्य विभागले मिठाई व्यापारीलाई रङ प्रयोगबारे पनि सचेत गराउँदै आएको छ । विभागले खाद्य व्यवसायीलाई लेबल विवरण नभएका खाद्य पदार्थ बिक्रीवितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्य पदार्थ खरिदबिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डारण व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसीले लेखिएको, छापिएको वा रंगाइएको कागजमा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागले पटक–पटक कारबाही र निर्देशन दिँदै आए पनि व्यवसायी भने सुध्रिएको अवस्था छैन । अन्य समयभन्दा तिहार र छठ लगायतका चाडबाडमा चार गुणासम्म बढी मिठाई माग हुने गरेको व्यापारी बताउँछन् । उनीहरूका अनुसार शहरी क्षेत्रमा जेरी, चकलेट बर्फी, पेडा, रसवरी, लालमोहन, गुलाब जामुन, क्रिम मिठाई, काजु मिठाइलगायत खपत हुने गरेको छ । परम्परागत रूपमा पाइने मिठाईमा दुई रङे ल्वाङफूल, मठ, सेतो ल्वाङफूल, आँइठ्या, निम्की, पञ्जाबी, लाखमरी, पानत्वाँ, फिनी, रोठ, अनरसालगायत पर्छन् । भाइ मसलाको मूल्य र गुणस्तरमा पनि समस्यामिठाई मात्रै नभई तिहारमा भाइ मसलाको पनि अत्याधिक माग हुने गरेको छ । तर, भाइ मसलाको मूल्य र गुणस्तरमा पनि उपभोक्ता ठगिँदै आएका छन् । तिहारमा बढी हुने मौका छोपेर कतिपय व्यापारीले बिक्री नभएका र म्याद गुज्रिएका गुणस्तरहीन भाइमसला बिक्री गर्ने गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म भाइ मसलालगायत विभिन्न प्रकारका ड्राइफ्रुट्स तीन अर्ब ६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ । तिहारमा भाइ मसलाका रूपमा काजु, बदाम, ओखर, पिस्ता, नरिवल, खजुर, अञ्जिरलगायत सुक्खा फलफूलको बढी कारोबार हुने गर्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ५८ करोड ७५ लाख ५९ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका नरिवल आयात भएका छन् । त्यसैगरी तीन महिना विभिन्न देशबाट ४६ करोड ५७ लाख रुपैयाँभन्दा बढीको काजु आयात भएको छ । त्यस्तै, ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको बदाम, ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको ओखर र साढे ८४ करोडभन्दा बढीको सुपारी आयात भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
Latest NewsJust now

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

रसुवा । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन् । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका... ...

रातोपाटी
बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना
Latest NewsJust now

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत... ...

रातोपाटी
तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला
Latest NewsJust now

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएका छन् । त्यसमा पनि फूलेखती गर्ने कृषकका रूपमा उनले नाम... ...

रातोपाटी
बुढानिलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ, १२ लाख २९ हजार नगद पनि बरामद
Latest NewsJust now

बुढानिलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ, १२ लाख २९ हजार नगद पनि बरामद

जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौँको बुढानिलकण्ठबाट प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।  उनीहरुको साथबाट १२ लाख २९ हजार ६ सय रुपैयाँ नगद रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ।  बुढानिलकण्ठ नगरपालिका ४ पासिकोटको दुई तले टिनको टहराबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए।  उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play