Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

युद्धभूमिबाटै सुरु भएको गोर्खाली भर्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
युद्धभूमिबाटै सुरु भएको गोर्खाली भर्ती
Photo / Coverage: नेपालन्युज

अठारौँ शताब्दीको उत्तरार्धमा गोर्खाली राज्य हिमालय क्षेत्रमा एउटा असाधारण सैन्य शक्तिका रूपमा उदाउँदै थियो। राजा पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियान उनको मृत्युपछि पनि निरन्तर अघि बढ्दै पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म आफ्नो प्रभुत्व विस्तार गरिसकेको थियो। झन्डै सात दशक लामो सैन्य अभियानले गोर्खाली राज्यलाई विशाल हिमाली साम्राज्यमा रूपान्तरण गरेको थियो। भौगोलिक र सैन्य विस्तारमा लागेको नेपाल राज्यसँग त्यसबेला विशाल भूभागमाथि नियन्त्रण कायम राख्न आवश्यक प्रशासनिक क्षमता, सैन्य बन्दोबस्ती र आर्थिक स्रोत पर्याप्त थिएनन्। राजधानीबाट महिनौँ टाढाका किल्लासम्म सेना, हतियार र खाद्यान्न पुर्‍याउन कठिन हुँदै थियो। दरबारभित्रको सत्तासङ्घर्ष, गुटबन्दी र षड्यन्त्रले निर्णय प्रक्रियालाई कमजोर बनाइरहेका थिए। निरन्तरका युद्धले राज्यको ढुकुटीमाथि दबाब बढाएको थियो। एकातिर राज्यको आन्तरिक शक्ति क्षय हुँदै थियो भने अर्कातिर बाह्य चुनौती तीव्र बन्दै गइरहेको थियो। नेपालको बढ्दो सैन्य उपस्थितिलाई आफ्नो रणनीतिक र व्यापारिक स्वार्थका लागि चुनौती ठानेको कम्पनीसँग सीमा र व्यापारसम्बन्धी विवाद चर्किंदै गइरहेको थियो। उत्तरमा तिब्बत-चीनसँगको युद्धले गोर्खाली राज्यलाई सैन्य र आर्थिक रूपमा थकित बनाएको थियो। दक्षिणमा ब्रिटिश इस्ट इन्डिया कम्पनी आफ्नो क्षेत्रीय प्रभुत्व विस्तार गर्दै हिमालयका व्यापारिक मार्गमाथि प्रभाव स्थापित गर्न चाहन्थ्यो। नेपालको बढ्दो सैन्य उपस्थितिलाई आफ्नो रणनीतिक र व्यापारिक स्वार्थका लागि चुनौती ठानेको कम्पनीसँग सीमा र व्यापारसम्बन्धी विवाद चर्किंदै गइरहेको थियो। विस्तारको उत्कर्षमा पुगेको नेपाल पर्याप्त तयारीबिना आफ्नो भूभाग जोगाउने र उदीयमान औपनिवेशिक शक्तिको महत्त्वाकाङ्क्षासँग युद्धबाटै जुध्ने वा सम्झौता गर्ने कठिन मोडमा पुगेको थियो। नेपाल हुँदै तिब्बत र चीनसम्म व्यापारिक पहुँच विस्तार गर्ने ब्रिटिश इस्ट इन्डिया कम्पनीको महत्त्वाकाङ्क्षा, टिस्टादेखि सतलजसम्म फैलिएको गोर्खाली राज्यको सामरिक अवस्थिति र सीमाक्षेत्रमा चुलिँदो प्रतिस्पर्धाले दुई शक्तिबीचको सम्बन्धलाई विस्फोटक मोडमा पुर्‍याउँदै थियो। वर्षौँदेखि दबिएर रहेको अविश्वासलाई बुटवल र सिउराज (कपिलवस्तु) को भूभागसम्बन्धी विवादले अन्ततः खुला टकरावमा बदलिदियो। एकअर्काको शक्ति, महत्त्वाकाङ्क्षा र विस्तारवादी रणनीतिलाई शङ्काको दृष्टिले नियालिरहेका गोर्खाली राज्य र इस्ट इन्डिया कम्पनीबीचको द्वन्द्व युद्धको निर्णायक चरणमा प्रवेश गर्‍यो। सन् १८१४ नोभेम्बर १ मा ब्रिटिश भारतका गभर्नर जनरल लर्ड मोइराले नेपालविरुद्ध युद्ध घोषणा गरे। त्यससँगै सुरु भएको नेपाल–अङ्ग्रेज युद्ध कुनै सीमावर्ती विवादको सैन्य प्रतिक्रिया मात्र थिएन। यो दक्षिण एसियामा आफ्नो प्रभाव र भू-सामरिक वर्चस्व स्थापित गर्न उद्यत दुई शक्तिबीचको निर्णायक भिडन्त थियो। पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्मको विशाल भूभाग युद्धभूमिमा परिणत भयो। नेपाल-अङ्ग्रेज युद्ध पाँच प्रमुख मोर्चामा विभाजित भएर पूर्वदेखि पश्चिमसम्म फैलिएको थियो। सतलज र गढवालदेखि टिस्टासम्म गोर्खाली सेनाले विभिन्न सैन्य नेतृत्वअन्तर्गत ब्रिटिश फौजको सामना गरेको थियो। नेपालको तर्फबाट पश्चिमको सतलज र गढवाल क्षेत्रको रक्षा गर्ने जिम्मेवारी अमरसिंह थापाले सम्हालेका थिए। उनको सामना मेजर जनरल डेभिड अक्टरलोनीको नेतृत्वमा अघि बढेको ब्रिटिश सेनासँग भएको थियो। यसैगरी, देहरादुन र कुमाउँ क्षेत्र समेटिएको पश्चिमी मोर्चामा बलभद्र कुँवरले गोर्खाली सेनाको नेतृत्व गरेका थिए। मेजर जनरल रोबर्ट रोलो गिलेस्पीको कमान्डमा रहेको ब्रिटिश फौजसँग त्यहाँ भिडन्त भएको थियो। पाल्पा र बुटवल क्षेत्र समेटिएको मध्यपश्चिमी मोर्चाको जिम्मेवारी उजिरसिंह थापाले सम्हालेका थिए। मेजर जनरल जोन सुलिभान वुडको नेतृत्वमा अघि बढेको ब्रिटिश सेनासँग यस मोर्चामा भिडन्त भएको थियो। विजयपुर, साँगुरीगढी र मोरङ हुँदै टिस्टानदीसम्म फैलिएको भूभागको जिम्मेवारी काजी बखतावरसिंह थापाले सम्हालेका थिए। यस क्षेत्रमा गोर्खाली सेनासँग भिडन्तका लागि ब्रिटिश फौजले क्याप्टेन ब्यारेलेटरको नेतृत्वमा सेना तैनाथ गरेको थियो। पूर्वी क्षेत्रमा बारा, पर्सा, रौतहट र मकवानपुरसम्म फैलिएको मोर्चाको नेतृत्व रणवीरसिंह थापाले गरेका थिए। त्यहाँ ब्रिटिश सेनाको कमान्ड मेजर जनरल बेनेट मार्लेको हातमा थियो। युद्धको अर्को महत्त्वपूर्ण क्षेत्र सुदूरपूर्व थियो। विजयपुर, साँगुरीगढी र मोरङ हुँदै टिस्टानदीसम्म फैलिएको भूभागको जिम्मेवारी काजी बखतावरसिंह थापाले सम्हालेका थिए। यस क्षेत्रमा गोर्खाली सेनासँग भिडन्तका लागि ब्रिटिश फौजले क्याप्टेन ब्यारेलेटरको नेतृत्वमा सेना तैनाथ गरेको थियो। देहरादुन र कुमाउँको भूभागमाथि नियन्त्रण कायम गर्ने दुवै पक्षको रणनीतिक स्वार्थले यो मोर्चालाई युद्धको महत्त्वपूर्ण क्षेत्र बनाएको थियो। नेपाल र ब्रिटिश सेनाबीच युद्ध जारी रहेकै बेला नेपाली सैनिकलाई ब्रिटिश सेनामा भर्ती गर्ने प्रक्रिया अघि बढिसकेको थियो। सन् १८१५ को अप्रिल। नेपाल-अङ्ग्रेज युद्धको पश्चिमी मोर्चामा ब्रिटिश सेना र नेपाली फौजबीच निर्णायक भिडन्त भइरहेका थिए। मलाउको किल्ला र त्यस आसपासको पहाडी क्षेत्रमा अमरसिंह थापाको नेतृत्वमा नेपाली सैनिकले प्रतिरोध गरिरहेका थिए। ब्रिटिश सेनाका लागि यो सजिलो युद्ध थिएन। नेपाली सैनिकको पहाडी युद्धकौशल, स्थानीय भूगोलको ज्ञान र प्रतिरोध क्षमताले कम्पनीका सेनालाई कठिन अवस्थामा पुर्‍याएको थियो। ब्रिटिश सैन्य नेतृत्वले नेपाली सैनिकको प्रतिरोधलाई शत्रुको चुनौतीका रूपमा मात्र हेरेन। उनीहरूको युद्धकौशलमा आफ्नै सेनाका लागि उपयोगी सम्भावना पनि देख्न थाल्यो। युद्धमा सामना गरेको सैनिकलाई युद्धपछि आफ्नै पक्षमा परिचालन गर्न सकिन्छ भन्ने सोचले आकार लिन थाल्यो। एकातिर युद्ध चलिरहेको थियो, अर्कोतिर त्यही युद्धमा प्रतिरोध गरिरहेका सैनिकको सीप र साहसलाई ब्रिटिश सैन्य संरचनामा समेट्ने रणनीति अघि बढिरहेको थियो। सन् १८१५ अप्रिल २४ मा ब्रिटिश इस्ट इन्डिया कम्पनीले तीन गोर्खाली बटालियन गठन गर्ने आदेश जारी गर्‍यो। नसिरी, सिरमुर र कुमाउँ बटालियन गठन गर्ने यो निर्णय सुगौली सन्धि हुनुभन्दा करिब एक वर्षअघि भएको थियो। पहिलो नसिरी बटालियन मलाउ क्षेत्रमा गठन भयो। त्यसको प्रारम्भिक सैनिक जनशक्तिमा युद्धक्षेत्रका पहाडी समुदायका मानिस, ब्रिटिश पक्षमा आएका स्थानीय व्यक्ति र पराजित नेपाली फौजका सैनिकसमेत समेटिएका थिए। एकातिर युद्ध चलिरहेको थियो, अर्कोतिर त्यही युद्धमा प्रतिरोध गरिरहेका सैनिकको सीप र साहसलाई ब्रिटिश सैन्य संरचनामा समेट्ने रणनीति अघि बढिरहेको थियो। पराजित शत्रुलाई भविष्यको सैनिक सहयोगी बनाउने यो रणनीतिले पछि विश्वभर परिचित हुने गोर्खाली सैनिक परम्पराको आधार तयार गर्‍यो। पुस्तकले एउटा रेजिमेन्टको स्थापना र विकासलाई पछ्याउँदै गोर्खाली सैनिकको यात्रालाई उन्नाइसौँ शताब्दीका युद्धदेखि प्रथम विश्वयुद्धसम्म पुर्‍याउँछ। फ्रान्सिस लोरेन पेट्रेको सन् १९२५ मा प्रकाशित पुस्तक ‘द फर्स्ट किङ जर्ज्स ओन गोर्खा राइफल्स : द मलाउ रेजिमेन्ट, १८१५–१९२१’ यही इतिहासको दस्तावेज हो। पुस्तकले एउटा रेजिमेन्टको स्थापना र विकासलाई पछ्याउँदै गोर्खाली सैनिकको यात्रालाई उन्नाइसौँ शताब्दीका युद्धदेखि प्रथम विश्वयुद्धसम्म पुर्‍याउँछ। ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच सुगौली सन्धिमा सन् १८१६ मार्च ४ मा हस्ताक्षर भएको थियो। नेपालका तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा कम्पनीका तर्फबाट लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्सले सन्धिमा हस्ताक्षर गरेका थिए। तर त्यसअघि नै ब्रिटिश सेनामा गोर्खाली भर्ती सुरु भइसकेको थियो। त्यसबेला ब्रिटिश अधिकारीहरूले गोर्खाली साम्राज्यअन्तर्गत रहेका भूभागका बासिन्दालाई भौगोलिक तथा राजनीतिक अर्थमा ‘गोर्खा’ भनेर चिनाउने गरेका थिए। प्रारम्भिक चरणमा ‘गोर्खा’ नाममा भर्ती गरिएका सबै सैनिक आजको अर्थमा नेपाली गोर्खाली थिएनन्। उनीहरूमा नेपालले आफ्नो नियन्त्रणमा लिएका कुमाउँ र गढवाल क्षेत्रका स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। गोर्खाली शासन विस्तारपछि असन्तुष्ट बनेका र त्यसको विरोधमा रहेका मानिसलाई पनि कम्पनीले आफ्नो सैन्य संरचनामा समेटेको थियो। त्यसबेला ब्रिटिश अधिकारीहरूले गोर्खाली साम्राज्यअन्तर्गत रहेका भूभागका बासिन्दालाई भौगोलिक तथा राजनीतिक अर्थमा ‘गोर्खा’ भनेर चिनाउने गरेका थिए। इतिहासकार कमलराज सिंह राठोरले उल्लेख गरेअनुसार कम्पनी सरकारले खडा गरेको गोर्खा युनिटले १६ अप्रिल १८१५ मा देउथलमा नेपाली सेनालाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। त्यसै युनिटले १५ मे १८१५ मा मलाउको किल्लामा अमरसिंह थापाविरुद्ध विजय हासिल गर्न डेभिड अक्टरलोनीलाई सहयोग गरेको थियो। नेपालले युद्धमा भोगेको पराजय, ब्रिटिश साम्राज्यको सैन्य आवश्यकता र नेपाली सैनिकको जीवनलाई विदेशी शक्तिको युद्धसँग जोड्ने लामो प्रक्रिया पनि समेटिएको छ। ब्रिटिश इस्ट इन्डिया कम्पनीले गोर्खा नाममा सैनिक भर्ती गर्न थालेको समय नेपाल र कम्पनीबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अघिको हो। यसलाई सैनिकको वीरता र युद्ध कौशलको विवरणका रूपमा मात्र पढ्दा यसको गहिरो ऐतिहासिक अर्थ छुट्न सक्छ। यस पुस्तकको पृष्ठभूमिमा नेपालले युद्धमा भोगेको पराजय, ब्रिटिश साम्राज्यको सैन्य आवश्यकता र नेपाली सैनिकको जीवनलाई विदेशी शक्तिको युद्धसँग जोड्ने लामो प्रक्रिया पनि समेटिएको छ। सुगौली सन्धिअघि नै खुलेको भर्तीको ढोका ब्रिटिश इस्ट इन्डिया कम्पनीले गोर्खाली सेनासँग युद्ध जारी रहेकै बेला स्थानीय असन्तुष्टिलाई आफ्नो सैन्य रणनीतिको हिस्सा बनाउन थालिसकेको थियो। गोर्खाली शासन विस्तारसँगै कुमाउँ र गढवालमा चुलिँदै गएको जनअसन्तुष्टि इस्ट इन्डिया कम्पनीका लागि प्रभावकारी हतियार बन्यो। नयाँ प्रशासनिक व्यवस्थाअन्तर्गत राजस्व असुलीका क्रममा अपनाइएको कठोरता र दमनकारी व्यवहारले स्थानीय जनजीवन थप कष्टकर बनाउँदै लगेको थियो। गोर्खाली राज्यले कुमाउँ-गढवालका भूभाग आफ्नो नियन्त्रणमा लिएपछि स्थानीय किसानमाथि चर्को करको भार थोपरेको थियो। नयाँ प्रशासनिक व्यवस्थाअन्तर्गत राजस्व असुलीका क्रममा अपनाइएको कठोरता र दमनकारी व्यवहारले स्थानीय जनजीवन थप कष्टकर बनाउँदै लगेको थियो। जनताको गुनासो नसुन्ने शासनशैली, प्रशासनिक कठोरता र आर्थिक बोझले गोर्खाली शासनप्रतिको असन्तुष्टि क्रमशः गहिरिँदै गएको थियो। असन्तुष्टि किसान र सर्वसाधारणमा मात्र सीमित थिएन। गोर्खाली विजयसँगै कुमाउँ र गढवालका पुराना शासक, स्थानीय जमिनदार तथा सामन्ती वर्गले आफ्नो परम्परागत अधिकार, राजनीतिक प्रभाव र सामाजिक हैसियत गुमाएका थिए। हिजोसम्म शासनसत्तासँग जोडिएका यी वर्ग नयाँ व्यवस्थामा शक्तिहीन बनेपछि गोर्खाली शासनप्रति प्रतिरोधी हुँदै गए। यही असन्तुष्टिलाई कम्पनीले आफ्नो पक्षमा उपयोग गर्‍यो। गोर्खाली शासनबाट असन्तुष्ट स्थानीय शक्ति समूहलाई आफ्नो प्रभावमा पार्दै कम्पनीले उनीहरूबाट राजनीतिक तथा सैन्य सहयोग जुटाउन थाल्यो। यसरी गोर्खाली शासनविरुद्धको स्थानीय असन्तुष्टि इस्ट इन्डिया कम्पनीका लागि राजनीतिक अवसरमा मात्र सीमित रहेन, सैन्य जनशक्ति जुटाउने माध्यमसमेत बन्यो। जनरल डेभिड अक्टरलोनीले यस सम्भावनालाई सैन्य योजनामा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेले। युद्धकै बीचमा गोर्खाली बटालियन गठन गर्ने निर्णय त्यसैको परिणाम थियो। युद्धका क्रममा ब्रिटिश सेनाका केही अधिकारी नेपाली सैनिकको युद्धकौशलबाट प्रभावित भएका थिए। जनरल डेभिड अक्टरलोनीले यस सम्भावनालाई सैन्य योजनामा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेले। युद्धकै बीचमा गोर्खाली बटालियन गठन गर्ने निर्णय त्यसैको परिणाम थियो। सन् १८१५ मे महिनामा मलाउ मोर्चामा नेपाली सेनाको प्रतिरोध कमजोर हुँदै गयो। अमरसिंह थापाले अन्ततः आत्मसमर्पण गरे। त्यसपछिको राजनीतिक र सैन्य परिस्थिति बदलियो। ब्रिटिश पक्षले पराजित सैनिकलाई आफ्नो सेवामा समेट्ने सम्भावना थप देख्यो। मलाउमा भएको आत्मसमर्पणसँग जोडिएको सैनिक सेवाको व्यवस्था र युद्धपछि भएका भर्ती प्रयासले गोर्खाली रेजिमेन्टको प्रारम्भिक संरचना निर्माण गर्न मद्दत गर्‍यो। गोर्खाली सैनिकको ब्रिटिश सेवामा प्रवेश कुनै शान्तिपूर्ण द्विपक्षीय सम्झौताबाट सुरु भएको थिएन। यसको प्रारम्भ युद्ध, पराजय, सैन्य परिचालन र औपनिवेशिक शक्तिको रणनीतिक आवश्यकतासँग जोडिएको थियो। सुगौली सन्धिमा सन् १८१६ मार्च ४ मा हस्ताक्षर भयो। त्यसले नेपाल र ब्रिटिश भारतबीचको राजनीतिक तथा भौगोलिक सम्बन्धलाई नयाँ स्वरूप दियो। तर गोर्खाली भर्तीको सुरुआत त्यसअघि नै भइसकेको थियो। यही तथ्यले यस पुस्तकको शुरुआती इतिहासलाई अझ महत्त्वपूर्ण बनाउँछ। गोर्खाली सैनिकको ब्रिटिश सेवामा प्रवेश कुनै शान्तिपूर्ण द्विपक्षीय सम्झौताबाट सुरु भएको थिएन। यसको प्रारम्भ युद्ध, पराजय, सैन्य परिचालन र औपनिवेशिक शक्तिको रणनीतिक आवश्यकतासँग जोडिएको थियो। नसिरी बटालियनदेखि मलाउ रेजिमेन्टसम्म पुस्तकको केन्द्रमा रहेको नसिरी बटालियनको इतिहास यही युद्धकालीन परिस्थितिबाट सुरु हुन्छ। सन् १८१५ अप्रिल २४ मा गठन भएको यो बटालियन पछि विभिन्न संरचना र नामबाट विकसित हुँदै पहिलो गोर्खा राइफल्सका रूपमा चिनिन पुग्यो। ‘मलाउ रेजिमेन्ट’ नामले यसको प्रारम्भिक इतिहासलाई नेपालको मलाउ क्षेत्रसँग जोडिरह्यो। एउटा बटालियन कसरी स्थायी सैन्य संस्थामा रूपान्तरण हुन्छ भन्ने कुरा पुस्तकले देखाउँछ। भर्ती, तालिम, कमान्ड संरचना, सैनिक परिचालन र संस्थागत पहिचान निर्माणका प्रक्रिया त्यसको विकाससँग जोडिएका थिए। सुरुमा युद्धक्षेत्रबाट सैनिक जनशक्ति सङ्कलन गरेर गठन गरिएको सैन्य इकाइ पछि ब्रिटिश भारतीय सेनाको औपचारिक सैन्य संरचनामा स्थापित भयो। युद्धकौशलका कारण बहादुर कहलिएका बलभद्रले आफ्ना मामाहरूसँग मुलुकभित्र आफ्नो सीप र क्षमताले उचित अवसर नपाएको भन्दै अन्य मुलुकमा जाने इच्छा व्यक्त गरेका थिए। नालापानी किल्लाको लडाइँमा बलभद्र कुँवरको साहसिक युद्धकौशल नेपाली इतिहासको महत्त्वपूर्ण अध्याय हो। सन् १८१४ अक्टोबर ३१ मा नेपाली फौजसँगको युद्धमा ब्रिटिश सेनापति जिलेस्पीको ज्यान गएको थियो। औपचारिक रूपमा ब्रिटिश सेनामा भर्ती हुनुअघि नै नेपालीहरू पन्जाबका सिख सम्राट रणजित सिंहको सेनामा भर्ती हुने गरेको इतिहास पनि छ। त्यतिबेला पन्जाबको राजधानी लाहोर थियो। लाहोर पुगेर विदेशी सेनामा भर्ती हुने परम्पराबाटै नेपाली सैनिकहरू ‘लाहुरे’ कहलिएको मानिन्छ। यही परम्परालाई पछ्याउँदै नालापानी युद्धका नायक बलभद्र कुँवरसमेत रणजित सिंहको सेनामा भर्ती भएका थिए। पछि उनी अफगानिस्तानको युद्धमा मारिएको इतिहासमा उल्लेख पाइन्छ। युद्धकौशलका कारण बहादुर कहलिएका बलभद्रले आफ्ना मामाहरूसँग मुलुकभित्र आफ्नो सीप र क्षमताले उचित अवसर नपाएको भन्दै अन्य मुलुकमा जाने इच्छा व्यक्त गरेका थिए। त्यसपछि पत्नी र छोराहरू शरणभद्र तथा केशरसिंहलाई नेपालमै छाडेर उनी विदेशी सेनामा भर्ती हुन पुगेका थिए। बलभद्र युद्धका कारण मात्र नायक थिएनन्, उनको पारिवारिक विरासतसमेत गोर्खाली राज्यको सैन्य इतिहाससँग गहिरोसँग जोडिएको थियो। बेलायतसँगको युद्धमा पराजयपछि त्यसबेला कुँवर, थापा, खत्री, ठाकुर, पन्त, भण्डारी र खवासजस्ता क्षेत्रीहरू लाहोरमा भर्ती हुने क्रम बढेको देखिन्छ। केही समयपछि गुरुङ, लिम्बू, राई र मगर समुदायका मानिस पनि भर्ती हुन थालेको विभिन्न दस्तावेजले देखाउँछन्। अर्का योद्धा अमरसिंह थापाका छोरा कप्तान भूपालसिंह थापामार्फत पनि गोर्खाली सैनिकको लाहोरमा भर्ती हुने क्रम तीव्र बनेको विभिन्न अभिलेखमा उल्लेख छ। बेलायतसँगको युद्धमा पराजयपछि त्यसबेला कुँवर, थापा, खत्री, ठाकुर, पन्त, भण्डारी र खवासजस्ता क्षेत्रीहरू लाहोरमा भर्ती हुने क्रम बढेको देखिन्छ। केही समयपछि गुरुङ, लिम्बू, राई र मगर समुदायका मानिस पनि भर्ती हुन थालेको विभिन्न दस्तावेजले देखाउँछन्। सुगौली सन्धिपछि बेलायत सरकारले नेपालीहरूलाई औपचारिक रूपमा नियमित सैनिक सेवामा भर्ती गर्न थालेको थियो। १८५७ को विद्रोह र निष्ठाको प्रश्न सन् १८५७ मे १० मा मेरठका भारतीय सिपाहीबाट सुरु भएको विद्रोह ब्रिटिश शासनका लागि ठूलो चुनौती थियो। कम्पनीको सेनाभित्र सुरु भएको असन्तोष उत्तर भारतका विभिन्न क्षेत्रमा फैलियो र ब्रिटिश शासनविरुद्ध व्यापक विद्रोहको रूप लियो। त्यसबेला ब्रिटिश सेनामा रहेका गोर्खाली बटालियनले ब्रिटिश पक्षबाट भूमिका निर्वाह गरे। नसिरी, सिरमुर र कुमाउँ बटालियनका सैनिक विद्रोह दबाउने अभियानमा परिचालित भए। नेपालबाट जङ्गबहादुर राणाको नेतृत्वमा नेपाली सेना पनि ब्रिटिश पक्षलाई सहयोग गर्न गएको थियो। त्यो विद्रोह सैनिक असन्तोष, धार्मिक तथा सामाजिक हस्तक्षेपको भय, राजनीतिक अधिकारको हनन र कम्पनीको विस्तारवादी नीतिको परिणाम थियो। पेट्रेको पुस्तकले रेजिमेन्टको दृष्टिकोणबाट सैनिक निष्ठा, अनुशासन र युद्ध प्रदर्शनलाई महत्त्व दिएको छ। तर सन् १८५७ को घटनालाई गोर्खाली सैनिकको वफादारीको उदाहरणका रूपमा मात्र बुझ्नु अपूरो हुन्छ। त्यो विद्रोह सैनिक असन्तोष, धार्मिक तथा सामाजिक हस्तक्षेपको भय, राजनीतिक अधिकारको हनन र कम्पनीको विस्तारवादी नीतिको परिणाम थियो। प्रथम विश्वयुद्ध : गाउँबाट युरोपको खाडलसम्म सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु हुँदा गोर्खाली सैनिकको इतिहासले अर्को ठूलो मोड लियो। युरोपमा सुरु भएको युद्ध केही समयमै विश्वव्यापी सैन्य सङ्घर्षमा बदलियो। ब्रिटिश साम्राज्यले आफ्नो औपनिवेशिक सैन्य संरचनालाई परिचालन गर्‍यो। भारत र अन्य उपनिवेशका सैनिक युरोप, मध्यपूर्व र विभिन्न युद्धमोर्चामा पठाइए। नेपालका पहाडी गाउँबाट भर्ती भएका सैनिक युरोपका चिसा मैदानमा युद्ध लडिरहेका थिए। उनीहरूका लागि भाषा, मौसम, खानपान र भूगोल सबै अपरिचित थिए। गोर्खाली सैनिक पनि त्यही विशाल सैन्य परिचालनको हिस्सा बने। फ्रान्स र फ्ल्यान्डर्सका युद्धभूमिमा उनीहरूको सहभागिताले नेपाली सैनिकको यात्रालाई नयाँ भूगोलमा पुर्‍यायो। नेपालका पहाडी गाउँबाट भर्ती भएका सैनिक युरोपका चिसा मैदानमा युद्ध लडिरहेका थिए। उनीहरूका लागि भाषा, मौसम, खानपान र भूगोल सबै अपरिचित थिए। तर सैनिक आदेशले उनीहरूलाई हजारौँ किलोमिटर टाढाको युद्धभूमिमा पुर्‍याएको थियो। मेसोपोटामियाको गर्मी र मध्यपूर्वको मोर्चा प्रथम विश्वयुद्धमा गोर्खाली सैनिकको परिचालन युरोपमा मात्र सीमित रहेन। मेसोपोटामिया, प्यालेस्टाइन र इजिप्टका अभियानले उनीहरूको सैन्य यात्रालाई अझ फराकिलो बनायो। मेसोपोटामियाको युद्ध ब्रिटिश साम्राज्यका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण थियो। टाइग्रिस र युफ्रेटिस नदी आसपासको क्षेत्र, बग्दाद र कुत-अल-अमारासँग सम्बन्धित सैन्य घटनाले त्यस मोर्चालाई विशेष महत्त्व दिएका थिए। यी मोर्चामा गोर्खाली सैनिकको सहभागिताले उनीहरूको सैन्य इतिहासलाई युरोप र दक्षिण एसियाको सीमाभन्दा धेरै पर पुर्‍यायो। पहाडी भूगोलमा युद्ध लड्ने अनुभव भएका सैनिकले मध्यपूर्वका कठिन र तातो मरुभूमिमा पनि सैन्य जिम्मेवारी निर्वाह गर्नुपरेको थियो। युद्धभूमिबाट विश्वयुद्धसम्मको यात्रा फ्रान्सिस लोरेन पेट्रेको ‘द फर्स्ट किङ जर्ज्स ओन गोर्खा राइफल्स : द मलाउ रेजिमेन्ट, १८१५-१९२१’ एउटा सैन्य रेजिमेन्टको इतिहास हो। तर यसको पृष्ठभूमि एउटा रेजिमेन्टभन्दा धेरै ठूलो छ। यसको सुरुआत सुगौली सन्धिबाट भएको होइन। नेपाल र ब्रिटिश इस्ट इन्डिया कम्पनीबीच युद्ध जारी रहेकै बेला सन् १८१५ अप्रिल २४ मा गोर्खाली बटालियन गठन गर्ने आदेश जारी भइसकेको थियो। यो पुस्तकले गोर्खाली सैनिकको बहादुरी र सैन्य क्षमताको अभिलेख मात्र प्रस्तुत गर्दैन, त्यसको पछाडि रहेको युद्ध, पराजय, औपनिवेशिक रणनीति र सैनिक भर्तीको राजनीतिक पृष्ठभूमिसमेत बुझ्न सघाउँछ। मलाउको युद्धभूमिमा सुरु भएको यो सम्बन्धले नेपालको आधुनिक इतिहासलाई समेत प्रभावित गर्‍यो। एउटा युद्धमा शत्रु बनेका सैनिक अर्को सैन्य संरचनाका सदस्य बने। त्यसपछि उनीहरूको जीवन नेपाल, ब्रिटिश भारत र विश्वका अनेक युद्धभूमिसँग जोडिँदै गयो। यो पुस्तकले गोर्खाली सैनिकको बहादुरी र सैन्य क्षमताको अभिलेख मात्र प्रस्तुत गर्दैन, त्यसको पछाडि रहेको युद्ध, पराजय, औपनिवेशिक रणनीति र सैनिक भर्तीको राजनीतिक पृष्ठभूमिसमेत बुझ्न सघाउँछ। नेपालको इतिहासमा गोर्खाली सैनिक परम्परा कसरी सुरु भयो र त्यसले कसरी विश्वव्यापी सैन्य पहिचान बनायो भन्ने बुझ्न यो पुस्तक एउटा महत्त्वपूर्ण ऐतिहासिक स्रोतका रूपमा देखिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, जुट्ला बहुमत ?
Latest NewsJust now

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, जुट्ला बहुमत ?

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् । सभामुख... ...

रातोपाटी
छठको दोस्रो दिनः आज ‘खरना'
Latest NewsJust now

छठको दोस्रो दिनः आज ‘खरना'

केही वर्ष पहिलेसम्म मधेसी हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत ...

हाम्राकुरा
बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सवारी सञ्चालनमा समयसीमा
Latest NewsJust now

बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सवारी सञ्चालनमा समयसीमा

• काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्र सञ्चालन गर्न पाइनेछ। • सवारी दुर्घटना न्यूनीकरणका लागि प्रशासनले नयाँ समयतालिका र कडाइका साथ जाँचको व्यवस्था गरेको छ। • सडकको साँघुरोपन, चालकको लापरबाही र मादक पदार्थ सेवनका कारण दुर्घटनाको जोखिम बढेको बताइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play