Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

यस्तो रहनेछ आजको मौसम

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो रहनेछ आजको मौसम
Photo / Coverage: पर्दाफास

हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमानअनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो मधेश र कोशी प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेशको तराई भूभागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आठपहरियाको वडाङ्मेट सुरु, शोक बिर्साउन बराहक्षेत्रको यात्रामा
OthersJust now

आठपहरियाको वडाङ्मेट सुरु, शोक बिर्साउन बराहक्षेत्रको यात्रामा

६ मंसिर, धनकुटा । वर्षभरि आफन्त गुमाउँदाको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाएर नयाँ उत्साहका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मंसिरे) पर्व सुरु भएको छ । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, मोदीलाई भोलि भेट्ने
OthersJust now

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, मोदीलाई भोलि भेट्ने

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनी प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले सोमबार नै ...

पर्दाफास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
OthersJust now

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ ...

पर्दाफास
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै
OthersJust now

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play